एनआरएनए जापानको १० औं अधिवेशनका लागि ग्रृष्मा पौडेल सहित ३ जनाको नेतृत्वमा निर्वाचन कमिटि गठन

Everest Fuji News २०७८ जेठ ४ मा प्रकाशित       Published at 2021 May 18




जापान ।

एनआरएनए जापानको १०औं अधिबेशनले  पहिलो पटक महिला सहित ३ जनाको निर्वाचन कमिटि गठन गरेको छ । जसमा निर्वाचन संयोजकमा डा.नेत्र प्रसाद भण्डारी, सदस्यमा गृष्मा पौड्याल  (महिला ) र ऋषभ पौडेल चयन भएका छन ।


यस अघिको निर्वाचन कमिटिमा महिलालाई आवद्ध गरिएको थिएन । विगत तीन दशकदेखी जापानमा स्थाइ बसोबास गर्दै आउनु भएकी पौड्याल  बिभिन्न संघसंस्थामा सक्रिय हुनुहुन्छ ।

उहाले दाइगाकु इन्टर्नेशनल ल्यांगवेज एकेडेमि टोकियोमा लेक्चरर रुपमा अध्यापन गर्दै आउनु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य संगठन ( अनेसास)को अभिभावकको रुपमा रहेको अनेसास बोर्ड अफ ट्रस्ट्रीकी  पनि सदस्य हुनु हुन्छ।

यसको मुख्य कार्यालय अमेरिकाको वासिंटन डिसीमा अबस्थित छ  ।  


त्यस्तै संयोजक डा.भण्डारीलाई यस अघि पनि निर्वाचन प्रमुखको जिम्मेवारी निभाउनु भएको थियो । 

उहाले सो अधिबेशन सफलताका साथ सम्पन्न गर्नु भएको थियो ।

डा.भण्डारी एहिमे युनिर्भसिटीमा अध्यापन गर्दै आउनु भएको छ भने अर्का सदस्य ऋषभ पौडेल प्यासेफिक इन्जिनियरिङ्ग कर्पोरेशन गिफुमा रिसर्चरको रुपमा रहनु भएको छ ।

एनआरएनए जापानको निर्वाचन आगामी २५ मा हुँदैछ । 



    




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.