गल्कोट समाज जापान मार्फत सात लाख बढी सहयोग हस्तान्तरण

Everest Fuji News २०७७ मंसिर ३ मा प्रकाशित       Published at 2020 Nov 18



टोकियो |

सामाजिक तथा मानवीय सेवामा सधै अग्रस्थानमा रहदै आएको गल्कोट समाज जापानले सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ।नवलपरासीको रामग्राम २ घर भएका डा.सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन्।

विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको अमेरिकामा मात्रै उपचार सम्भव छ।उक्त रोगको उपचारको निम्ती करीब २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने परिवारको जानकारी सॅगै यो अभियान संचालन गरेको गल्कोट समाज जापान बिपत तथा मानवीय सेवा बिभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।

नेपालीहरु एक अर्काको दुखमा संसारको जुन सुकै कुनामा भए पनि हातेमालो गरेर एकअर्काको दुख पार लगाउन सधै तत्पर रहन्छौ भन्ने प्रमाणित गर्दै यस गल्कोट समाज जापानले पनि सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।समाजको यस अभियानमा छोटो समयमा सात लाख त्रीसठ्ठी हजार,तीन सय सत्सठ्ठी नेपाली रुपैया संकलन भएको थियो।संकलित रकम नेपाल हस्तान्तरण गरी सकेको छ भने सहयोग गर्ने सबैलाई गल्कोट समाजका तर्फबाट हार्दिक धन्यवाद समेत दिएको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.