फोरेक्स रेमीट जापानले दशैं, तिहार र छड उत्सव उमँग उपहार योजना ल्याउदै

Everest Fuji News २०७७ आश्विन २६ मा प्रकाशित       Published at 2020 Oct 12



टोकियो ।

फोरेक्स रेमीट जापानले दशैं, तिहार र छड उत्सव उमँग उपहार योजना ल्याएको छ । 

यो कार्यक्रम दैनिक,साप्ताहिक र मासिक रुपमा लक्की ड्र्मार्फत ग्राहकहरुलाई उपलब्ध गरीनेछ । 

यो उपहार ओक्टुबर १७ बाट नोभेम्बर २० सम्म रहने रेमीटका शिनओकुबो प्रमुख बाबुराम पौडेलले जानकारी दिनु भयो ।स्मार्ट वार्च(दैनिक),एप्पल एअरपोड (साप्ताहिक ) र म्याक बूक प्रो कम्प्यूटर ( मासिक) रुपमा उपहार योजना रहेको छ । 


नेपालमा सन २०११ बाट शुरु भएको फोरेक्स जापानमा २०१२ बाट संचालन भएको हो । 

जापानमा केन्द्रीय कार्यालय टोकियोको र्योगोकोमा रहेको छ भने शिनओकुबो, कामाता , नागोयामा समेत कार्यालय रहेको आयोजकले जनाएको छ । 

जापानभर १३५ भन्दा बढी एजेन्सीहरुबाट कारोबार हुने यस रेमीटबाट नेपालको जुनसुकै भागमा बैंक मार्फत तुरुन्तै भुक्तानी लिन सकिने प्रमुख पन्च चौधरीले बताउनु भयो । 





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.