व्यवसायीहरु संगठित अन्य देशहरु दोस्रो पुस्ता हो भने, नेपालीहरु पहिलो पुस्ता ‘ एनआरएन आइ सि सि कोषाध्यक्ष’ महेश श्रेष्ठ -

Everest Fuji News २०७७ आश्विन ७ मा प्रकाशित       Published at 2020 Sep 23



युवा व्यवसायी बद्री पौडेलको अध्यक्षतामा  NBA (नेपाल व्यवसायी संघ फुकुओका शाखा) गठन  भएको छ |फुकुओका शाखा गठनको अवसरमा  एनआरएन आइ सि सि कोषाध्यक्ष’ महेश श्रेष्ठले “भारत लगायत अन्य देशहरुका नागरिकहरुले व्यवसायी हक अधिकारको लागि संगठित भएको दोस्रो पुस्ता भएको छ भने हामी नेपालीहरु 

२ वर्ष अघि मात्रै संगठित भएकोले पहिलोपुष्ता भएको जनाउनु भएको छ | जापानी व्यवसायिहरुसँग प्रतिस्पर्धा गर्न र जापान सरकारले व्यवसाय प्रवर्द्वनको लागि  ल्याएको निती तथा कार्यक्रमको जानकारीउपलब्धका लागि पनि हामी व्यवसायीहरु संगठित  हुन आवश्यक भएको उल्लेख गर्दै उहाले  ट्याक्स सुबिधा लगायत अन्य विविधक्षेत्रमा ज्ञान लिन आवश्यक भएकोले यो गठन हुन आवश्यक रहेको बताउनु भयो | त्यस्तै अनेसासका पूर्व अध्यक्ष तथा एनआरएन जापानका सचिव बिष्णु प्रसाद घिमिरेले नेपालमा स्थापित नेपाल उद्योग वाणिज्य संघ रनेपाल उद्योग परिसंघसँग जापानको NBA सँग सम्बन्ध हुने या नहुने ? भन्दै   सोधेको प्रश्नमा कोषाध्यक्ष तथा  NBA का श्रेष्ठले जवाफदिदै भने “ नेपाल र जापानको व्यापारमा अन्तरसम्बन्ध राख्नु पर्ने भएकोले  नेपालका संघहरुसँग पारस्परिक  सम्बन्ध राख्नु  पर्ने बताउनुभएको छ ।


पत्रकार महासंघ जापानका संस्थापक तथा GMTInternational का अध्यक्ष  तिलक मल्लले जापानमा करिव ५ हजारभन्दा बढीव्यवसाय र १५ हजारभन्दा बढी व्यवसायिहरु भएको परिप्रेक्षमा हमीहरु संगठित हुनु आवश्यक भएकोले यो संस्था गठन गरेको बताउदैउहाले जापान सरकारबाट उपलब्ध तोक्ते गिनोउ भिजा र जापान सरकारले दिएको सुविधाहरु  नेपालीहरुमाझ पुग्न नसकेको उल्लेख गर्नुभएको थियो ।  NBA का केन्द्रिय अध्यक्ष  विजय थकालीको सभापतित्वमा सम्पन्न  फुकुशिमा शाखाको गठनको अवसरमा वरिष्ठ उपाध्यक्ष ददिवलखड्काले  यो नाफा रहित विशुद्द सामाजिक  संस्था भएकोले एक अर्कामा भएको ज्ञ्यान साटासाट गर्न यो संस्थाको स्थापना  गरेकोबताउनु भयो | त्यस्तै सस्थाको कोषाध्यक्ष नर बहादुर थापाले कुनै पनि सस्था आर्थिक बिना सन्चालन गर्न  गार्हो भएकोले पार्दर्शीता अनुरुप सस्थाकानियमनहरु उल्लेख गर्दै उहाले क्षेत्रिय  शाखा   सदस्यहरु १३~२१ जना, सलाहाकार समिति, विभागिय समिती रहन सक्ने उल्लेख गर्दैशुल्कबाट उठेको रकम ६० प्रतिशत आफ्नै क्षेत्र र ४० प्रतिशत केन्द्रमा दाखिला गर्न पर्ने प्रटयाउनु  भएको थियो ।कोषाध्यक्ष थापाकाअनुसार संयोजक २ मान,पदाधिकारी १ मान, सदस्यहरुमा ५ हजार र सल्लाहाकार समितिलाई भने यो नियम लागु नहुने उल्लेख गर्नुभएको थियो ।  केन्द्रका सचिव बाबुराम पौडेलले सन्चालन गरेको सो भेलामा टोकियो,ओशाका र नागोयाका व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो | सो संस्था टोकियोको शिनओकुवोमा केन्द्रीय कार्यालय रहेको छ |टोकियोबाट दक्षिणी भुभाग एक्स्प्रेश ट्रेनबाट५ घण्टा र एक्स्प्रेश बसबाट १४ घण्टाको दुरीमा रहेको फुकुओकामा  युवा व्यवसायी बद्रीपौडेलको अध्यक्षतामा  NBA (नेपाल व्यवसायी संघ फुकुओका शाखा) गठन  भएको हो |
नेपाल व्यवसायी संघ फुकुओका शाखा :
१)अध्यक्ष: बद्री पौडेल
२)वरिष्ठ उपाध्यक्ष: विजिन कँडेल
३)उपाध्यक्ष : प्रकाश लामिछाने
४)महासचिवःशेषन कु्. राई
५)सचिव: हरि रेग्मी
६)कोषाध्यक्ष:विवेक बुढाथोकी
७)सह- कोषाध्यक्ष:भवनाथ गैरे
सदस्यहरु:
१)मिलन बस्नेत
२)दयाराम कँडेल
३)विशाल केसी
४)रुपक गैरे
५)ध्रुव गैरे
६)हरि सापकोटा( नागासाकी)









प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.