आठ वर्षपछि जापानको पहिलो नयाँ प्रधानमन्त्रीको रूपमा सुगा चयन ( फोटो फिचर सहित )

Everest Fuji News २०७७ भदौ ३१ मा प्रकाशित       Published at 2020 Sep 16



टोकियो |

योशीहिदा सुगा जापानको प्रधानमन्त्रीको रूपमा बुधबार  निर्वाचित भएका छन | उनी लगभग आठ बर्षमा जापानको पहिलो नयाँ नेताबनेका हुन | उनको काँधमा कोबिड१९ को संकटमा परेको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जस्ता चुनौतिहरूको सामना गर्नुपर्नेछ | 


निवर्तमान प्रधानमन्त्री शिन्जो आबेको मुख्य क्याबिनेट सचिवको रूपमा काम गरेका सुगालाई संसदको तल्लो सदनले मतदान गरेका थिएजहाँ उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेपछि सुगा प्रधानमन्त्रीमा विजयी भएका हुन | 


नयाँ प्रधानमन्त्री सुगा जापानको उत्तरी भागको हिउँ पर्ने सानो गाउमा जन्मिएका  एक स्ट्रबेरी किसानका छोरा हुन | ग्रामीण गाउँबाटविश्वविद्यालयमा अध्ययनको लागी उनी १८ वर्षमा टोकियो गएका थिए | विश्वविद्यालयमा आफ्नै भुक्तानी बचत गर्नको लागि त्यहाँउनले एक गत्ता फ्याक्ट्रीमा काम गर्थे | त्यसैले उनी पूर्ववर्ती प्रधानमन्त्रीहरुभन्दा भन्दा फरक पृष्ठभूमिका व्यक्तित्व हुन | तर आबेको  बुबा जापानका  विदेश मंत्री  हजुरबुवा प्रधानमन्त्री थिए।


तस्विरः (रोयटर्स)








प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.