भारी वर्षाले उत्तरी क्युशुको केही भागमा सताईरहेको छ। पश्चिमी र पूर्वी जापानको विस्तृत क्षेत्रहरुमा आइतवारसम्ममा वर्षा हुन सक्ने मौसमविदहरुले चेतावनी दिएका छन।
लामो समयसम्म मौसमी वर्षा र कम दबाव प्रणालीले वायुमण्डलीय अवस्थालाई पश्चिमी जापानमा अस्थिर बनाइरहेको मौसम एजेन्सीले भनेको छ ।
उन्सेन शहर, नागासाकी प्रान्तमा ७९ मिलिमिटर प्रति घण्टा पानी वर्षा गरेको छ। यामे शहरको कुर्गिमाची, फुकुओका प्रान्तले ४० मिलिमिटर वर्षा हुनसक्ने अवलोकन गरेको छ ।
ओइता प्रान्तको केही भागमा पहिरोको जोखिम बढेको छ।
शनिबार बिहानदेखि २४ घण्टा अवधिमा क्युशुमा ३ सय मिलिमिटर वर्षा, शिकोकामा २ सय ५० मिलिमिटर, चुगोकुमा २०० मिलिमिटर र किंकी, होकुरीकु र तोकाई क्षेत्रहरूमा १०० मिलिमिटर वर्षाको पूर्वानुमान गरिएको छ।
मौसम अधिकारीहरूले मानिसहरूलाई भूस्खलन, बग्ने नदीहरू र तल्लो क्षेत्रहरूमा बाढीको लागि सतर्क रहन आग्रह गरिरहेका छन्। त्यहा बिजुली चम्कने र आँधीबेहरी सहितको हावाको वेग आउने चेतावनी पनि दिइरहेका छन्।
क्युशु र अन्य क्षेत्रमा हालसालै मुसलधारे वर्षाले थोरै मात्रामा वर्षाले विपत्ति निम्त्याउन सक्छ। मानिसहरूलाई स्थानीय सरकारले जारी गरेको जानकारी खाली गर्न ध्यान दिन र चाँडो भाग्न अधिकारीहरूले आग्रह गरिरहेका छन्।