जापानमा नेपाली विद्यार्थीको निधन

Everest Fuji News २०७३ आश्विन २ मा प्रकाशित       Published at 2016 Sep 18


image२ असोज, टोकियो । जापानमा एक पछी अर्को विद्यार्थीको निधन हुने क्रम बड्दो छ , गत साता अध्ययनको क्रममा आएकी टिना गुरुङ को मृत्‍यु भएको घटना नसेलाउदै फेरी अर्को विद्यार्थीको मृत्‍यु भएको छ । अध्ययनका लागि जापान आएका रोल्पा घर भएका शिवराज रोका मगरको पनि निधन भएको छ । डेढवर्ष अगाडि अध्ययनका लागि जापान आएका ३० वर्षिय शिवराजको इतावासीस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । मृतकका साथीहरुले दिएको जानकारी अनुसार गएराती एक्लै कोठामा सुतेका रोका मगर बिहान अचेत अवस्थामा साथिहरुले फेला पारेका थिए । तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि अस्पताल पुर्याउन नपाउँदै चिकित्सकहरुले उसनलाई मृत घोषणा गरेका हुन् । केही समय अघिदेखी अस्वस्थ रहेका भनिएका मगर केही महिना यता बेला बेलामा अचेत समेत हुने गरेका थिए । सँगै कोठामा बस्दै आएका साथि प्रेम मल्लका अनुसार बिहान ८ बजेतिर रातीको काम समेर आउँदा साथीले कोठा नखोलेपछि घरवेटीलाई भनेर चावी मागेर ढोका खोलिएको थियो । अचेत अवस्थामा मगरलाई देखेपछि एम्बुलेन्सको सहारामा अस्पताल लगिएकोमा मृत घोषणा गरिएको हो । मृत्यु भएका मगरको नेपालको घर परिवार लगायतको वारेमा विस्तृत जानकारी आइसकेको छैन । जापानी भाषा अध्ययनको क्रममा रहेका मगरको शव प्रहरीले राखेको छ भने । कोठाको खान तलासी तथा कोठामा बस्ने साथिहरुसँग पनि सोधपुछ, अनुसन्धान सहित शवको पोष्ट मार्टम काम भइरहेको छ । स्मरणीय छ एक साता अघिमात्र अध्ययनका लागि आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी थिइन् भने गत महिना मात्र जापानमा अध्ययकै लागि आएका एक युवाको उपचारको क्रममा निधन भएको थियो । पछिल्लो समय जापानमा नेपालीहरुको मृत्यु तथा आत्महत्याको क्रम बढेको भएपनि यसबारेमा गम्भिर भएर निराकरणको लागि कुनै पहल गरेको देखिन्न ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.