प्रेमिला गौचन , टोकियो, जापान । सोमबार, फाल्गुन ५
५ दिनअघि देहान्त भएको स्व लाल कुमारीको पार्थिव शरिरलाई मेगुरो वार्ड स्थित फुदोमाएको अन्त्यष्टी गृहमा अन्त्येष्टि गरिएको छ । अन्त्यष्टी गर्ने समयमा ताराखोले तथा गल्कोटेहरु करिव २५० जना जती सहभागीहरुले १ मि. मौन धारण गरी श्रद्दान्जली व्यक्त गरेका थिए । ३० प्रतिशत जती महिला सहभागीहरु मध्य अधिकाँसका आखाबाट आसुँ रसाएको देखिन्थ्यो भने नजिकैका नातेदार तथा हितैषीहरु त डाको छोडेर नै रोएर बिदाइ गरे । सहभागीहरुको अनुसार मृतक सबैसँग मिलनशार , कसैको आँखामा पनि नबिझ्ने स्वभाव भएकोले सबैको प्रिय रहेको बताए ।
उनको अन्तिम बिदाइमा बृहत् मलामीका साथ आसुँ बगाउनेहरु पनि धेरै नै थिए । अस्तु मृतकको श्रीमान टंकराज कुँवरले आजै लिएर ओशाका जादैछन र भोली नेपाल एयर लाइन्सको जहाजबाट काड्माडौको लागि उड्नेछन र नेपाली धार्मिक परम्पराअनुसार कृयाशुद्दी गर्नेछन । अन्त्येष्टि पश्चात नेपाली दुतावासमा गइ आवश्यक कागतपत्र बनाइ भर्खरै साझ ८ बजेको शिन्कान्शेन ( एक्सप्रेश ) ट्रेन ओशाकाको लागि उनीहरुलाई चढाएर आएको गल्कोट समाजका संरक्षक नर बहादुर थापाले एभरेष्टफुजीन्युज डट कमलाई बताउनु भयो ।
बिदाइ कार्यक्रममा संरक्षक थापा दम्पत्ती,उहाको दाई नैन्द्र थापा दम्पत्ती , गल्कोट समाजका अध्यक्ष दिलु खत्री, नागानो केनबाट गल्कोट समाज केन्द्रका संस्थापक अध्यक्ष् कृष्ण गौचन, अन्तराष्टिय गलकोट समाजको संयोजक बेलुकाजी थापा, ताराखोला समाजका अध्यक्ष केदार थापा मगर , एनआरएन अभियन्ताहरु कालिका थापा, डिलाराम कंडेल, नबिन निउरे लगायत ९० प्रतीशत गल्कोटे पेशाकर्मी , व्यवसायीहरुको उपस्थिती रहेको थियो । अन्त्यष्टी कार्यक्रममा अधिकांस जापानमा रहेका नेपाली अगुवाहरुको उपस्थिती भने न्युन थियो । हरेक दृष्टिकोणले नजिक रहने संस्था एनआरएनएका जापानका अध्यक्ष देवीलाल भण्डारी , प्रवक्ता तथा बाग्लुङ समाजका अध्यक्ष सिद्दार्थ श्रेष्ठको पनि उपस्थिती रहेन ।

स्व लाल कुमारी की आफ्नै नातेदार ६० जना लगायत उनलाई अन्तिम बिदाइ गर्न ओशाका, नागोया , चिवा , ताचिकावा , साइतामा तथा टोकियोबाट आएका थिए । बाग्लुङ बुर्तीवाङ घर भइ जापानमा बस्दै आएकी लाल कुमारी चालिसे (कुवर) को उपचारका क्रममा चोकु अस्पतालमा निधन भएको हो ।
बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका ३ हिल माइत र बुर्तीवाङ घर भइ रोजगारीको शिलशिलामा टोकियो रहदै आउनु भएकी महिलाको मुटुको शल्यक्रियाका क्रममा निधन भएको हो ।





