चलचित्र ‘मारुनी’ टोकियो,नागोया र ओशाकामा प्रदर्शन हुदै

Everest Fuji News २०७६ कार्तिक २४ मा प्रकाशित       Published at 2019 Nov 10


जापान ।

फरक बिषयवस्तु र फरक धारको नेपाली कथानक चलचित्र “मारुनी” जापानबासि नेपालीहरुमाझ   टोकियो र नागोया प्रदर्शन हुने भएको छ ।

केहि साता अघि मात्रै नेपालमा प्रदर्शन भएको चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल भएको थियो । नेपालमा उत्साहजनक प्रदर्शनपछि उक्त चलचित्र जापानका प्रमुख शहरहरु टोकियो,नागोया र ओसाका लागायतका शहरहरुमा प्रदर्शन गरिने आयोजक बिनोद कुमार सापकोटाले जानकारी दिए ।

 

उक्त चलचित्रलाई जापानमा “ भिन्तुना डाईनिंग एण्ड बारले ” प्रयोजन र आयोजना गरेका हुन् । चलचित्रलाई यहि आउदो नोभेम्बर ३० तारिखका दिन नागोयाको फुसिमी स्थित मिलियन थियटर हलमा प्रदर्शन गरिनेछ । चलचित्रसंगै चलचित्रको निर्मात्री पुनम गौतम र नायक पुष्प खड्का समेत जापान आउने भएको छन् , साथै निर्मात्री गौतमले अब निर्माण गर्न लागेको चलचित्रमा जापानबाट नयाँ अनुहारलाई लिने पनि घोषणा गरिसकेको बताउछिन , आयोजक एबम भिन्तुना डाईनिंग एण्ड बारकी संचालिका शर्मिला डंगोल । साथै चलचित्र मारुनिले जापानबासी नेपाली दर्शकहरुले मन जित्ने र चलचित्रले भरपुर मनोरंजन दिनेमा आफु बिस्वस्त रहेको पनि बताए , र सम्पूर्ण नागोयाबासी नेपालीहरुलाई चलचित्र हेर्न आउन र नेपाली चलचित्रलाई माया गरिदिनुहुन समेत आग्रह गरिन ।

पुनम इन्टरटेन्मेंटको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा नायक पुष्प खड्का ,नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङको मुख्य भूमिका रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.