जापान।
गत आईतबार लक्ष्मीपुजाको दिन जापानमा रहेका मगरहरूले विभिन्न शहरहरूमा तिहार बिशेष देउसी भैलो कार्यक्रमहरू आयोजना गरेर मनाएका थिए । नेपाल मगर संघ जापान केन्द्रीय समिति र नेपाल मगर संघ क्षेत्रीय समिति कान्तोको सामूहिक आयोजनामा टोकियो स्थित रोयलगार्डेन रेष्टुरेण्टमा मगर जाति तथा ग़ैर मगरजातिहरु बिच भव्यताका साथ दैउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमममा प्रमुख अतिंथि आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा शेर्पा रहनुभएको थियो भने सभापतित्व संघका केन्द्रीय अध्यक्ष नविन थापा मगरले गरेका थिए ।
उद्घोषण महासचिव सागर पुन मगर र क्षेत्रिय समितिका सचिव महेन्द्र खपाङ्गी मगरले पालैपालो गरेका थिए भने स्वागत मन्तव्यमा कान्तो क्षेत्रीय समितिका अध्यक्ष रित राना मगरले गर्नु भयो ।

त्यस्तै नेपाल मगर संघ जापानकै अर्को क्षेत्रीय समिति तोकाईले पनि टोयोटा शहरको बिजीबि रेष्टुरेण्टमा कार्यक्रम आयोजना गरी मनाएका थिए । कार्यक्रमका सभापति तथा तोकाईका अध्यक्ष विकास राना मगरले ब्यस्तताको बावजूदत पनि आफ्नो परम्परालाई र मगर संघलाई माया गरेर कार्यक्रममा आईदिनुहुने सबै मगर तथा गैरमगर आगन्तुकहरूलाई बिशेष धन्यबाद प्रकट गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा संघका भुपु अध्यक्ष तथा आदिवासी जनजाती महासंघ जापान क्षेत्रीय समिति तोकाईका संयोजक कौडा बुढा मगर रहेका थिए ।



