टोक्यो / जापान
अक्टोवर १५ देखि १७ तारिख सम्म काठमाण्डौमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशन नजिकिदै जादा उमेदवारहरुले प्रचार - प्रसारलाई तिब्रता दिएका छन्। महाधिवेशनमा कोषाध्यक्ष पदमा उमेदवारी दिएका महेश श्रेष्ठले आफु अत्याधिक मतले विजय हुने दावी गरेका छन्।
“गैर आवासीय श्रमिक कल्याण कोष” को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित “मितव्ययिता र पारदर्शिता, आजको आवस्यकता “ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व ( Financial Sustainability ) लाई जोड दिदै संघको नवौँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।
