
प्रेमिला गौचन ,
टोकियो, जापान ,
२३ से २०१९ सोमबार ।
नेपालमा उर्जा संकटमा कायापलट ल्याएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा 'न्याशनल हिरो अफ नेपाल' का कुलमान घिसिङ जापानमा आउने भएका छन । उनी सङ्गै नेपाल सरकारका उर्जा , जलस्रोत तथा सिन्चाइ मन्त्री वर्षमान पुन पनि भ्रमणमा आउदैछन ।
उहाहरु जापान सरकारको निमन्त्रणामा उर्जा सम्बन्धित एक कार्यक्रममा आउनु भएको हो ।
यसै अवसर पार्दै जापान स्थित प्रवासी नेपाली एकता मन्चले भोली २४ तारिख मंगलबार नेरिमा बुन्का सेन्टरमा एक बृहत् अन्तरकृयाको कार्यक्रम गर्ने भएको छ ।
नेपालीले कहिल्यै सोच्न नसकेको चमत्कारी काम गर्न सफल भएकोले कुलमानलाई जन मानसले यो 'न्याशनल हिरो अफ नेपाल' को उपाधि दिएको हो ।
कुलमानले विगतदेखि गर्दै आएको काम ..
प्राधिकरणमा काम गर्दा गर्दै कुलमाले रसुवाको चिलिमे जलविधुत हाइड्रोपावरको निर्देशक भए । त्यस प्राधिकरणको फाईदाले थप ३ वटा परियोजनाको आविस्कार गरे । यद्दपी उनले राम्रो काम गर्दा गर्दै पनि उनलाई यस आयोजनाबाट हटाइयो र काठमान्डौंको केन्द्रिय प्राधिकरणमा तानिए ।
२०७३ सालको लक्ष्मी पूजाको दिनमा बिना लोड्सेडिङ काठमान्डौलाई झिलिमिली बत्ती बाल्न सफल भए। त्यसपछी काठमाडौबासीले लोड्सेडिङको मार खेप्न परेको छैन । उनी प्राधिकरणमा तानिए पनि विद्युत सेवामा कायपलट नै गरे । यदाकदा बत्ती गयो भने 'कुलमान गयो' , बत्ती आउँदा 'कुलमान आयो' भन्ने नेपालीको जनबोली एउटा थेगो नै बसी सकेको छ नेपालमा । यो शब्द नेपालीले व्यंग्य होइन कि एक श्रद्दा स्वरुप उनको नाम लिने गरेको हो ।
प्राधिकरणमा वार्षिक ९ अर्बको घाटा , ३ वर्षमै ८ अर्बभन्दा माथि नाफामा लगेका एक सुपर हिरो हुन कुलमान
कुलामान आउनु भन्दा अघी प्राधिकरणमा वार्षिक ९ अर्बको घाटा व्यहोरिरहेको र दिनहु १८~२२ घण्टासम्म लोड्सेडिङ खेपेर नेपाली जनताले सास्ती खेपिरहदा नेपाल सरकारले ठाउँ ठाउमा सोलर जोड्ने र सरकारी कर्मचारीलाई हप्तामा २ दिन बिदा दिने कहाली लाग्दो निती ल्याउदै थिए । तर कुलमान आएपछी प्राधिकरणमा कायापलट नै ल्याए । ३ वर्षमै ८ अर्बभन्दा माथि नाफामा प्राधिकरणलाई लान सफल भएका कुलमानले उपत्यकाबासीलाई लोड्सेडिङ मुक्त गर्दै खाना पकाउन तथा किचनको पकवानमा जती सक्दो विजुलिको खपत गर्न सुझाव दिन्छन ।
नेपालमा सबभन्दा बढी नाफा गर्ने प्राधिकरण भएको दावी ,उनी चमत्कारी हिरो हुन कुलमान उनले नाफामा आए वापत प्राधिकरणको कर्मचारीको मनोबल बढाउन बोनस बाड्न पनि सफल भए । अन्धकारमा गुज्रिरहेको प्राधिकरणलाई विधुत बेच्ने आयोजना ल्याउदै थप नाफामा ल्याउने चमत्कारी हिरो कुलमान हुन ।
