कविकिरण न्यौपाने नागोया / जापान
जापानमा रहेका दुई विद्यार्थी संस्थाविच आईतवार जापानको नागोया शहरमा एकता अधिवेशन सम्पन्न भएको छ। जापानमा रहेको नेपाली विद्यार्थी समाज जापान र नेपाल जापान विद्यार्थी समाज विच एकता महाधिवेशन सपन्न भएको हो। एकता पछि संस्थाको नाम नेपाली बिद्यार्थी समाज जापान ( नेसाज ) राखिएको छ।
जापानको सुन्दर नगर नागोयाको ओका काईकान मिटिङ्ग हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता चेतन पौडेलले गरेका थिए भने कार्यक्रम एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

समाजको सवै पदहरु र्निविरोध चयन भएका छन् । अध्यक्षमा कृष्ण भुषाल चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष प्रकाश भण्डारी क्षेत्री ,उपाध्यक्ष शंकर भुषाल र बिपिन हुमागाई ,क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती ,महासचिव अजय राना ,सचिव सुमन केसी ,सह सचिव सन्तोष पन्थी ,कोषाध्यक्ष बिकाश अधिकारी र सह कोषाध्यक्ष पवन श्रेष्ठ चयन भएका छन्। सदस्यहरुमा रीतु थापा ,केशब सुबेदी ,सागर भण्डारी क्षेत्री ,सुनिल ज्ञवाली ,सुरेन्द्र गिरि ,दिनेश महर्जन ,रिन्कु कार्की ,सुदिप पाण्डे ,राजन भट्टराई, दीपक अधिकारी , कृष्ण बखती चयन भएका छन् ।मुख्य संरक्षकमा चेतन पौडेल र संरक्षकमा तेज प्रसाद गुरुङ रहेका छन् ।
कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थाहरु संग अन्तरक्रिया गरिनुको साथै सामाजिक कार्यमा उल्लेखनिय भूमिका रहेकाहरुलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रमको विच-विचमा विविध सांगितिक कार्यक्रम मा सबै झुमिरहेका थिए। नेपालीहरुले गर्ने कार्यकमहरु यदाकदा भन्द्रगोल तथा पट्यारलाग्दो भए पनि यो कार्यक्रम भने सभ्य र भब्य देखिन्थ्यो ।
