टोकियो ।
नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा भएको दोस्रो मैत्रीपूर्ण रनिङ कप भलिबल प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रथम स्थान हासिल गरेको छ। जापानको साइतामा केनमा रहेको तोडा स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लब, नेपाल जापान युथ क्लब, सनसाइन क्लब ,घुम्टे युवा क्लब ,मिलन रेस्टुरेन्ट, मोना जापान, नेपाल भलिबल संघ जापान र गल्कोट समाज जापान सहभागि थिए।


पहिलो चरण बेष्ट अफ थ्री र दोस्रो चरणबाट बेष्ट अफ फाईभ नकाउट सिष्टममा खेलाईएको प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो र मोना जापान प्रबेश गरेका थिए।गल्कोट स्पोर्ट्स क्लवले मोना जापान संगको खेलमा सोझो तीन सेट आफ्नो पक्षमा पार्दै प्रथम भएको हो।अम्मर भण्डारीको संयोजकत्व र हितु थापाको कप्तानीमा खेलेको कल्वले तीनलाख दशहजार जापानी यन नगद सहित मेडल र ट्र्फी हात पारेको थियो।गण्डकी प्रदेशका स्पाईकर अमृत के सी समेत सहभागि गल्कोट स्पोर्ट्स क्लव टोकियोबाट सहभागी खेलाडीले पाँच बिधागत पुरस्कारमा बेष्ट क्वीकर मनोज के सी र बेष्ट प्लेयर अमृत के सी ले पाएका थिए।
बाग्लुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियो क्षेत्रमा रहने युवाहरुको गल्कोट स्पोर्ट्स कल्व बिशेष गरि भलिबलमा सक्रिय हुदै आएको छ।काठमाण्डौको नया बसपार्कमा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिवल प्रतियोगिता २०७६ मा पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले सहभागिता जनाएको थियो भने स्टूडेण्ट्स युनियनले आयोजना गरेको तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पनि दोस्रो उपादी उचाल्न सफल भएको थियो।क्लवले जापानमा रहेका युवाहरुलाई खेल मार्फत भाईचाराको बिकास गर्ने र नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आईरहेको छ।
