कविकिरण न्यौपाने / नागोया
यतिवेला जापानमा एनआरएनए चुनावकै चर्चा छ। ठूला - ठूला कुरा गरेर चुनाव जित्ने र नेता बन्ने दाउमा धेरै छन्। अर्का तिर एनआरएन प्रति सर्वसाधारणहरुको विश्वास घटदै गई रहेको छ । सेप्टेम्बर ८ तारिक इन्टरनेटको माध्यमवाट हुने एनआरएनए जापानको चुनावमा अध्यक्ष पछि क्षेत्रिय उपाध्यक्षको चर्चा वढी छ। क्षेत्रिय उपाध्यक्षको लागि जापानभरि रहेका क्षेत्रिय समितिको कार्य समितिले मात्र मतदान गर्ने व्यवस्था रहेको छ । उक्त पदमा जापानको नागोयामा एनआरएन प्रति जनमानसमा सकारात्मक सन्देश दिन सफल दिपक के सी जापान भरिनै छाएका छन्। के सी भन्छन , मलाई एनआरएनएले ठूला - ठूला काम गर्छ भन्दै हिडन आएन , म त दुःख मा परेका नेपालीहरुको सेवामा लागि रहे । म पदमा पुगे पनि , नपुगे पनि यो काम रोकिदैन । थाहा भए सम्म जापानमा कोही मर्दापर्दा के सी नपुगेको र सहयोग नगरेको ठाउँ कमै होलान । यी सवै काम आत्मा सन्तुष्टिको लागि गर्ने गरेको के सी वताउछन ।

नागोया क्षेत्रको क्षेत्रिय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न के सी क्षेत्रिय समिति नागोयाको पूर्व संयोजक हुन । हालै नागोयामा सफलता पूर्वक सम्पन्न नेपाल फेष्टिवलका कारण पनि जापानमा उनलाई धेरै नेपालीहरुले चिन्ने गर्छन्।उनि तोयोकावा नेपाली कम्यूनिटीको अध्यक्ष एवं म्याग्दी मुना जापानका अध्यक्षको जिम्वेवारीमा समेत थिए । १३ वर्ष अघि जापान आएका के सी जापानमा ( सप्लायर कम्पनी ) Busy bee group co Ltd companey का प्रमुख हुन ।
सामाजिक कार्यको लागि एकता नै वल बताउने के सी पदमा पुग्नु अगाडी यो गर्छु, त्यो गर्छु भन्नु भन्दा म हुदाँ यो गरे भन्न सक्नु नै सच्चा सामाजिक कार्य बताउछन । आफु एनआरएनए क्षेत्रमा वसेर काम गरेको हुदाँ एनआरएनए जापानको केन्द्र र क्षेत्रको सम्बन्धलाई अझै प्रगाढ बनाउन पनि लाग्ने के सी को भनाई छ।आफ्नो आत्मा विश्वास एवं जापानमा नेपाली समुदायको आफु प्रतिको भरोसा नै आफ्नो जितको मुख्य आधार रहेको के सी को बुझाई छ।
