एनआरएन जापानको युवा संयोजकमा भारी मतले विजयी हुने अधिकारीको दावि
Everest Fuji News२०७६ भदौ २० मा प्रकाशितPublished at 2019 Sep 06
नागोया।
एनआरएनए जापानको युवा संयोजकमा उमेदवारी दिएका राजकुमार अधिकारीले आफु भारी मतले विजयी हुने वताएका छन् । अध्ययनको शिलशिलामा जापान आएका अधिकारी जापानको नागोयामा युवा व्यवशायी एवं सामाजिक व्यक्तित्वको रुपमा चिनिन्छन ।जुनसुकै वेला कहि कतै कोही नेपालीलाई आपत - बिपत पर्दा उनि पुग्ने गर्दछ। हाल एनआरएनए जापानका कार्य समिति रहेका अधिकारीलाई नागोया वासी नेपालीले सामाजिक अभियानता रुपमा चिन्ने गरेको नागोयामा १२ वर्ष देखी रहदै आउनु भएका किरण तिवारीको बुझाई छ।
यसै एनआरएनए , नागोयाका संयोजक श्याम सितलका अनुसार समाजमा कुनै काम गर्नु पर्दा म गर्छु भनेर जहिले पनि राजकुमार अधिकारी अगाडी सर्ने गरेको बताउछन् । नामका लागि भन्दा पनि कामलाई प्राथमिकता दिने व्यक्तिहरु लाई हामीले चुन्नु पर्ने उनको तर्क छ।
यहि सेप्टेम्बर ६ तारिकवाट शुरु भएको एनआरएन जापानको अधिवेशनले ८ तारिक अनलाईन भेटिङ्ग द्वारा पदाधिकारीहरु छान्दै छ। मेरो कामको मुल्याङ्कन गरेर जापानमा रहेका नेपाली समुदायले आफुलाई अवश्य चुन्नेमा अधिकारी विश्वत देखिन्छन । सानै उमेरदेखि सामाजिक कार्यमा रुचि लाग्यो , यस कार्यलाई निरंतरता दिन अवश्य नेपाली समुदायले मलाई चुनेर अवशर दिने अधिकारी बताउछन् ।