कविकिरण न्यौपाने / टोकियो
विश्वभर नै यतिवेला नेपालीहरु आफ्नो साझा संस्था एनआरएनएको नेता चुन्न लागिपरेका छन्। कोही भने नेता हुने दौडमा लागेका छन्। यतिवेला जसरी हुन्छ उनिहरूको जित्ने दाउ मात्र छ । चाहे त्यो र्छिडकी हानेर होस , या जन सर्मथनमा होस्। चुनावी दौडमा जित्नको लागि यदाकदा मनि र मशल पनि प्रयोग हुने गरेका देख्न र सुन्न पाईने गरेको छ।
जापानमा पनि एनआरएनएको अध्यक्ष हुने दौड शुरु भैसकेको छ। जित्ने यौट्टै भए पनि जित्नैकै लागि धैरै समावेश छन् । यतिवेला एनआरएनए , जापानको अध्यक्षको लागि ४ जनाले आफ्नो उमेद्वारी दर्ता गरेका छन्।अध्यक्ष को भन्ने निर्णयका लागि आगामी ८ तारिक सम्म कुर्नै पर्ने भएको छ । र्निविरोध भएका वाहेक सबै पदहरुको र्निवाचन अनलाईन भोटिङ्गको माध्यमद्वारा ८ तारिक विहान ११ वजेवाट बेलुका ५ वजेसम्म हुने र्निवाचन समितिले जनाएको छ। सबै उमेदवारहरु सहमतिको लागि आफु वाहेक अरु कसैलाई अध्यक्ष मान्न तयार देखिदैनन । अन्तिम समयमा किरण वर्माले भने अध्यक्षको आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
