कविकिरण न्यौपाने / माउण्ट फुजी
भिजिट नेपाल 2020 को प्रचार-प्रसार गर्दै जापानमा रहेर व्यवशाय गरि रहेका ८ जनाको नेपाली टोलीले माउण्ट फुजी हिमाल चढेका छन्। जापानको सवै भन्दा अग्लो हिमाल माउण्ट फुजी ३ ७ ७ ६ मिटर उचाईमा रहेको छ। हिमाल आरोहरणको नेतृत्व एनआरएनए एशिया प्यासिफिकका उप- संयोजक समेत रहेका पाशसमणि पोखरेलले गरेका थिए ।भिजिट नेपाल - 2020 सफल गर्नको लागि सबैले आ-आफ्नो क्षेत्रबाट जे जस्तो सकिन्छ , सबै लाग्नु पर्ने पोखरेलको भनाई छ। हिमाल चढ्ने अन्य सदस्यहरुमा यम खत्री , विमल अधिकारी , चिरंजीवी सिग्देल , सुरज काफ्ले , दिपक कार्की , जयराम पौडेल र धन व खत्री रहेका छन् ।
हिमाल चढ्ने क्रममा भिजिट नेपालको स्टिकर , पम्पलेट जापनिजहरुलाई बाडिएको र भिजिट नेपाल - 2020 को व्यानर १ वर्ष सम्म रहने गरि फुजी हिमालको ५ नं. स्टेशनमा राखिएको आरोहण दलका सदस्य चिरंजीवी सिग्देलले बताए। हिमाल चढेर फर्किए लगतै माउण्ट फुजी चढने क्रममा योसिदा ट्रेल पट्टीबाट खसेको चट्टान लागेर एक २० बर्षको महिलाको मृत्यु भएको समाचार सुनेर कहाली लागेको अर्का आरोही विमल अधिकारीले बताए। हामीपनि योसिदा ट्रेलबाट नै चढेका थियौं। पशुपतिनाथको कृपाले हामी सकुसल आउन सफल भयौं।

