गल्कोट समाजको तीज कार्यक्रममा खुमन र कलाले धमाका गर्ने।

Everest Fuji News २०७६ श्रावण ३० मा प्रकाशित       Published at 2019 Aug 15


जापानमा रहेका बिभिन्न सामाजिक संघसंस्थाहरुमा अग्रणी संस्था गल्कोट समाज जापानले हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको उपलक्ष्यमा तीज बिशेष सांगितिक कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार खुमन अधिकारी,कला लम्साल,देव साहनी र कुसुम बुढाथोकि तथा जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहनु भएका कलाकारको सांगितिक प्रस्तुति रहने छ। हरेक बर्ष तीज पर्वको अबसरमा गल्कोट समाज जापानले कार्यक्रम गर्दै आईरहेको छ।यस बर्षको कार्यक्रम टोकियोको नाकानो जेरो हलमा सेप्टेम्बर २ तारिक दिनको ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए। जापानमा हाल कैयौ संघसंस्थाले तीज कार्यक्रम गर्दै आए पनि गल्कोट समाज जापानले बिगत २००६ देखि नै बिभिन्न प्रकारका तीज कार्यक्रम गर्दै आईरहेको छ।जापानमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई यस्ता पर्वहरुमा प्रदेशमा रहेको महशुस् नहोस् एक अर्कामा भेटघाट भई दुखसुख साट्ने साथै मनोरन्जन लिने बातावरण मिलोस् भन्ने उदेश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिईएको र यस कार्यक्रमबाट भएको मुनाफा सामाजिक कार्यका लागि खर्चने पनि संयोजक साहनीले जानकारी दिए यस तीज कार्यक्रमको सह-आयोजकका रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ।आयोजकले जापानमा रहने सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढ़ाई दिनुहुन तथा मनोरन्जन लिन अनुरोध गरेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.