Everest Fuji News२०७६ श्रावण २३ मा प्रकाशितPublished at 2019 Aug 08
टोकियो।
अगस्त ९ , शुक्रवार ।
नजिकदै गरेको नाचु यासुमी ( गर्मी बिदा ) लाई लक्षित गरी भोली शनिबार साँझ टोकियो स्थित ओमोरीमा रहेको साँरङ्गी रेस्टुरेन्टमा म्युजिकल नाइट गर्ने भएको छ ।
जापानमा रहेका स्थाननीय कलाकारहरुलाई प्रोत्साहन स्वरुप यस प्रकारको सांस्कृतिक कार्यक्रम गर्न लागेको आयोजक रेशम ग्याम्दन तामाङले बताए ।
तामाङ विगत लामो समयदेखी जापानलाई कर्मोथलो बनाउदै आएका उनी दक्ष र्याफ्टर र डिजे हुन भने टोकियो इन्टरटेन्टमेन्ट सेन्टरका पनि संचालक हुन ।
स्थानिय चर्चित तथा प्रतिभा लुकेका कलाकारहरुले पनि बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ ।
डिजे स्वयम रेशम आँफैले प्रस्तुत गर्दै छन भने कार्यक्रम लाई थप मनोरन्जन प्रदान गर्न २ जना बेली डान्सरहरु पनि राखिएको छ । मिडिया पार्टनरमा एभरेष्ट फुजी न्युज डट कम रहेको छ ।
कलाकारहरुमा परस्वती तामाङ, अनु मगर, अमर गुरुङ, टाशी लामा लगायत अन्य कलाकारहरु छन भने नृत्यमा मिरा राना रहेकी छन ।
बेली डान्समा विदेशी नागरिक शाया र मिरेइले पनि बेजोड प्रस्तुती दिनेछिन ।
जापानवासी सम्पूर्ण नेपाली तथा विदेशीहरुलाई यस कार्यक्रमबाट मनोरन्जन लिइदिनु हुन हार्दिक अनुरोध गर्दै आयोजकले सम्पूर्णलाई आमन्त्रण गरेको छ ।