विस्वास आचार्य / निशान राना
जापानको विभिन्न शहरमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै तीज धमाका” कार्यक्रम हुने भएको छ। गत वर्षहरु जस्तै जापानमा रहेका नेपाली संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरेका हुन्।
नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रम गर्ने भएको छ। उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के.सी,निशा क्षेत्रीको प्रस्तुति रहने वताईएको छ ।
