एनआरएन जापानको अध्यक्षमा फुकुओका बाट किरण बर्माको उम्मीदवारी

Everest Fuji News २०७६ श्रावण १५ मा प्रकाशित       Published at 2019 Jul 31


फुकुओका, ३१ जुलाई

फुकुओका वाजीरो बस्ने ब्यवसायी तथा सामाजिक कार्यमा संम्लग्न युवा पृष्ठभुमिका किरण बर्माले एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

धादिङ जिल्ला बाट सन् २००९ को अप्रिलमा बिद्याथीं भिजामा जापानको फुकुओका हानिनु भएका उहॉको आज फुकुओकामा परिचय फेरीएको छ । दैनिक आफ्नो निजी ब्यवसायलाई सिमीत समय छुट्याएर फुकुओकामा रहेका नेपालीसमुदायका दाजुभाई तथा दिदीबहिनीहरुलाई दैनिक आईपर्ने समस्याहरूको समाधान, काम नपाएर भैतारीनुपरेका बिद्याथीहरूलाई उचित परामर्श र क्षेमता अनुसारको कामको खोजी,भिजा समस्या, भिजा परिवर्तन र अन्य बिविध प्रकारका सेबा तथा सल्लाह सुझाव दिनमा मरीमेट्ने गरेका किरणको फुकुओका स्थित वाजीरोमा गाउंले नाम गरेको नेपाली परिकारका खानेकुरा पाईने रेस्टूरेन्ट समेत खोलेका छन्, “दुई दिनको ज़िन्दगी मरीलानु केछ र” भन्ने प्रवृतीका किरणले सन् २०१४ मा ईन्जिनेरिगं कोष पुरा गरेपछी ३ बर्ष जापानिज कम्पनिमा काम गर्नुभएको थियो । यस बिचमा पनि उहाँले फुकुओकामा रहेको नेपाल सोसाईटी नामक संस्थामा रहेर सामाजिक काम र ज़िम्मेवारीहरू निर्वाह गर्दैं आउनुभएको छ ।

त्यस्तैं उहॉले सन् २०१३ मा एन.आर.एन.क्युसुको उप-संयोजक, सन् (२०१५-२०१७) को क्युसु संयोजक जस्ता पदमा रहेर महत्वपूर्ण जिम्मेवारीको गहन भुमिकामा रहि फुकुओकामा रहेका नेपालीहरू बिच माया, ममता,सद्भाव, र एकताको भावना क़ायम गर्नु भएको छ । कुक भिजामा र डिपेन्डेन्टंमा जापान आई बसोवास गरेकाहरूलाई आई पर्ने कानुनी र अन्य प्रकारका समस्याहरूमा पनि त्यतिकैं सक्रिय भई लाग्नें बर्मा एन.आर.एन.को सदस्यता सबैले लिनु पर्छ र नेपाली समुदायको आवाज़ बुलन्द गर्ने एकमात्र संसक्त हतियार यही नै हो भन्नु हुन्छ । नेपाली भाषा, कला, सँस्कार र संस्कृतिको संम्वधन र प्रवन्घनमा समेत उतिकै सक्रिय रहनुभएका उहांले बेला बेलामा नेपाली र अन्य जापानिज समुदायहरू बिच बिबिध मनोरन्जनात्मक कार्यक्रमहरू पनि आयोजना गर्दैं आउनुभएको छ ।

जापानमा नेपाली समुदायको हक, हित र अधिकारका लागि विभिन्न सामाजिक गतिविधिमा सक्रिय बर्माले आफ्नो चुनावी एजेण्डा र प्रतिवद्धता हालै मात्र सार्वजनिक गरेका छन् ।

बर्माले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपाली संघ, जापान (२०१९-२०२१) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । ‘ यस्तो छ बर्माको उम्मेदवारी घोषणा- विभिन्न कारणले मातृभूमिबाट हामी प्रवासी नेपाली सात समुद्रपारी आइपुगेका छौं । जति टाढा पुगे पनि हामी नेपाली नै हौं र जहाँ पनि हामी नेपाली हुनुको गर्वका साथ बाँचिरहेका छौं । नेपालीपन हाम्रो पहिचान हो । हामी संसारभरी छरिएर रहेका प्रवासी नेपालीहरुको साझा चौतारी एनआरएनएसँग लामो समयदेखि जोडिएर काम गर्दै आएको छु । सर्वप्रथम त यस गरिमामय संस्थाको २०१३-१५ को क्युसु क्षेत्रको उप-संयोजक र २०१५-१७ को क्युसु क्षेत्रको संयोजकको रुपमा नेतृत्व गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण एनआरएनए अभियन्ताहरूमा साथ, सहयोग र प्रेरणाको निमित्त हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

मैले क्युसु क्षेत्रको जिम्मेवारी सम्हालेसँगै ‘काम बोलेर होईन गरेर देखाउनुपर्छ’ भन्ने भावनाका साथ केन्द्रसँग अधिकतम हातेमालो गरेँ । मेरो कार्यकालमा मह जोडीको कार्यक्रम, नेपाल फेस्टिवल (वैशाखी मेला), केन्द्रले स्थापना गरेको राहत कोषमा सहयोगदेखि कुमामोतोमा भूकम्प गएको बेला एनआरएनए जापानले गरेको सहयोगमा एनआरएनए क्युसुले देखाएको सक्रियतलगायत नेपाली समाजमा भईपरी आउने हरेक समस्या समाधानमा अग्रसर रहँदै आएको छु । विशेषगरी जापानमा अध्ययनरत विद्यार्थीहरुलाई उपेक्षा गरिंदै आएकोमा एनआरएनको सदस्यता दिलाउन गरिएको पहलले आज सार्थकता पाएको छ । विगतदेखि नेपाली समाजसँग जोडिएर काम गरिरहँदा थप इच्छाशक्ति, दृढता र प्रतिवद्धताका साथ अगाडि बढ्ने अठोट गरेको छु । यिनै गौरवशाली विगतलाई अझ सशक्तरुपमा निरन्तरता दिन यहाँहरुको माया र हौसलाले जापानबासी नेपालीको हक, हित र विविध समस्याहरुको समाधानमा काम गर्ने इच्छाशक्ति बढेको छ । यसर्थ, २०१९-२१ को एनआरएनए जापानको नेतृत्व गर्दै पूर्ण इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिवद्धताका साथ म अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न चाहन्छु । यसका लागि मेरा चुनावी एजेण्डा र प्रतिवद्धता बुँदागतरुपमा राख्न चाहन्छु- १. व्यक्तिगत र संस्थागत तहमा इमान्दारिता र पारदर्शितालाई प्रवर्द्धन गर्ने । २. संस्थाको केन्द्रिकृत संरचनालाई विकेन्द्रिकृत गर्दै सार्वभौम सदस्यहरुको अधिकार र भूमिकालाई स्थापित गरेर प्रत्येक क्षेत्रमा अधिकारसम्पन्न क्षेत्रीय समितिको अवधारणालाई कार्यरुप दिने । ३. संस्थागतरुपमा सहभागितामुलक लोकतन्त्रको अधिकतम् अभ्यास गर्दै प्रवासी नेपालीहरुको भावना, चाहना र आवश्यकताअनुसार संस्थालाई अगाडी बढाउने । ४. १४ वटै क्षेत्रको विशेषता र मौलिकताको पहिचान र प्रवर्द्धन गर्न सबै क्षेत्रमा पालैपालो एनआरए जापानको नियमित बैठक राख्ने । ५. वैधानिकरुपमा जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई एनआरएनएप्रतिको चासो र उत्साह जगाउँदै एनआरएनएमा समावेश गराउने, त्यसका लागि हाल भनेको एनआरएनएको सदस्यतालाई नवीकरण मात्र गर्ने प्रक्रियामा जाने ६. जापानमा सिकेका ज्ञान, सिप र धारणालाई मातृभूमि नेपालको विकास र समृद्धिको पक्षमा लगानी गर्ने वातावरण निर्माण गर्ने । ७. संस्थागत विकास र सदस्यहरुको चौतर्फी हित प्रवर्द्धन गर्नेगरी बहुपक्षीय साझेदारीमार्फत् संस्थागत क्रियाशिलतालाई अभिवृद्धि गर्ने । ८. संस्थाको हालसम्मको गतिविधिको समीक्षा गरी सकरात्मक कामहरुलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने र संस्थाको घोषित उद्देश्य हासिल गर्नको लागि आवश्यक रणनीति र कार्यनीतिहरुको तय गर्दै त्यसलाई अधिकतम् कार्यान्वयन गर्ने । आदरणीय सम्पूर्ण जापानबासी अग्रज बुद्धिजिवी वर्ग, विभिन्न संघसंस्थामा आवद्ध दाजुभाइ तथा



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.