हृदयघातका कारण जापानमा एक नेपालीकाे मृत्यु, अन्यष्ठी ३१ तारीख बुधबार गरीने
Everest Fuji News२०७६ श्रावण १३ मा प्रकाशितPublished at 2019 Jul 29
नागाेया ।
जापानको सिजुओका केनमा कार्यरत एक नेपाली को अस्ति राति मृत्यु भएको छ । बाग्लुंग गल्कोट-६ चराैदी स्थाइ घर भइ बिगत २३ बर्ष देखि जापानमा कार्यरत रहदै आउनु भएका झप बहादुर खत्रीको हिजो राती निधन भएको हो ।
राती सुतेको अबस्थामा असहज भएपछि संगै रहेका छोरी र साथिहरुले एम्बुलेन्स मा अस्पताल पुराइएको थियो । अस्पतालले बिहान २ बजेर २९ मिनेटमा मृत्यु घोषणा गरेको सिजुओकाबाट गल्कोट समाजका महासचिब कृष्ण केसीले जानकारी दिनुभयो । मृत्युकाे कारण हृदयघात भएकाे अस्पतालले पुष्टि गरेकाे छ । मृतक खत्री बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा काम गर्दै आउनुभएको थियो ।
सिजुओकाबाट आनन्द बस्नेतका अनुसार १ हप्ता सामान्य असहज भएको तर अस्पताल गएर खास ठुलो केहि नभएको भन्दै औषधी सेवन गरी १ हप्ता रेष्टमा रहनुभएकाे थियाे ।
उहाँको श्रीमती, २ छोरी र १ छोरा रहेको र अहिले जापानमा छोरी सहित रहदै आउनुभएका खत्रीको १ छाेरी, छोरा र श्रीमती नेपालमा रहनुभएको छ ।
मृतक खत्रीको अन्यष्ठी बुधबार ३१ तारीख देहाय बमोजिमको ठेगानामा हुने भएको ले जापानबासी उहाँका आफन्त मित्रजन तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उहाको अन्यष्टिमा सहभागी हुन अनुरोध यसै समाचार मार्फत गरिएको छ ।