तमु धिं जापानको रजत जयन्ती तथा रोधीं साँझको तयारि तिब्र, फुलन्देको आमा र सबिना गुरुङ टोकियो आउदै

Everest Fuji News २०७६ श्रावण १३ मा प्रकाशित       Published at 2019 Jul 29


टोकियो |

तमु धिं जापानको आयोजनामा हुन लागेको २३ औ रोधीं साँझ तथा रजत जयन्ति २०१९ लाइ धमकेदार बनाउन चर्चित हास्य कलाकार फुलन्देको आमा (उमेश राइ) लोक तथा दोहोरि गायिका सबिना गुरुङ टोकियो आउने भएका छन । आफ्नो स्थापना कालको २५ बर्षे लामो इतिहास बोकेको तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिबन्त राख्न हरेक वर्ष रोधीं, ल्होसार जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ । यहि निरन्तरतालाई कायम राख्दै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिबन्त राख्न आफ्नो स्थापना कालको २५ वर्ष पुरा भएको अबसरमा संस्थाले रजत जयन्ती तथा रोधी साझको तिब्र तयारि गरिरहेका कुरा कार्यक्रम संयोजक युक्तमान गुरुङले बताउनुभयो रोधीं साँझ २०१९ तथा रजत जयन्तीको अबसरमा हुने साँस्कृतिक कार्यक्रमलाइ थप रंगिन एबं मनोरंजनात्मक बनाउन उहाहरु टोकियो आउने भएको हो |

बिदेसी भुमिमा रहेर पनि आफ्नो मौलिक संस्कार संस्कृतिको संरक्षण संबर्धन र आदिबासी जनजातिको हक़ अधिकारको आवाज बुलन्द गर्दै आइरहेको तमु धिं जापानले अध्ययन तथा रोजगारिको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तमुहरू बिच एकता, समिप्यता र भाइचाराको संबन्ध काएम गर्दै आइरहेको छ। बिदेसमा रहेका नेपालीहरुको साझा समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरि आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ । यसरी हरेक नेपालीको दु:ख सुखमा साथ दिदै अनबरत यात्रामा दौडिरहदा आफ्नो २५ बर्षे लामो गौरबमय इतिहास बनाई सकेको तमु धी जापानको यसपालिको रोधी तथा रजत जयन्ती बिशेष हुने महासचिब चित्र गुरुङले बताउनुभयो|

तेसो त पछिल्लो समय ‘नेपाल टेलिभिजन’ बाट प्रसारण हुँदै आएको निकै चर्चित कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’का अति रुचाएका एक पात्र फुलन्देकी आमा छन । उहाँ उमेश राइ (फ़ुलन्देको आमा ) उदाउदो कलाकार यानिकी छोटो समयमा नै चर्चाको शिखर चुम्न सफल हास्य कलाकार हुन । यसैगरी कार्यक्रममा लोक तथा दोहोरि गायिका सबिना गुरुङ, लोकप्रिय पप तथा आधुनिक गाएक सर्बज्ञमान साक्य हुनेछन | शाक्यले ‘किन आउछु भनि बाचा गरेउ” ‘चोट हजार खाए अनि गजलकार भए’ ‘ सपनीमा झस्कन्छु’ जस्ता चर्चित गीतहरु गाइ सक्नु भएको छ | साथै स्थानिय कलाकारहरूले कार्यक्रमलाइ थप रंगिन र भरपुर मनोरंजनात्मक बनाउने छन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.