Everest Fuji News२०७६ श्रावण ८ मा प्रकाशितPublished at 2019 Jul 24
कविकिरण न्यौपाने / नागोया
एनआरएनएको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ। एनआरएनए जापानको २०१९ - २०२१ को लागि नागोयाका दिपक कार्कीले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ। उहाले उपाध्यक्ष पदको लागि उमेद्वारी घोषणा गर्नु भएको हो। नागोया क्षेत्रको क्षेत्रिय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न कार्की हाल क्षेत्रिय समिति नागोयाको संयोजक हुनुहुन्छ । हालै नागोयामा सफलता पूर्वक सम्पन्न नेपाल फेष्टिवलका कारण जापानमा उहालाई धेरै नेपालीहरुले चिन्ने गर्छन्। नेपाल छदाँ देखिनै समाजसेवामा रुचि रहेको बताउने कार्कीले वर्मा गएपनि कर्म संगै भनेझै जापानमा पनि आफ्नो काम संगै समाजसेवालाई निरंतरता दिनु भएको छ।
जापानमा धेरै नेपालीहरुलाई दुःखमा पर्दा मलमपट्टी लगाउन पाएको स्मरण गर्दै कार्कीले भन्नुभयो सुःखमा त जो कोहीले साथ दिन्छ , तर दुःखमा साथ दिने धेरै कम हुन्छन् । म प्रवासमा दुःखमा परेका हर नेपालीहरुलाई मेरो गक्ष्य अनुसार सहयोग गरिरहेको छु र गरिरहने छु। मेरोलागि ठूलो आनन्द यहि हो कार्कीको भनाई छ। जापानको नागोयामा कुनैपनि नेपालीलाई समस्या पर्दा उनि नपुगेको सायद कमै होला । चाहे कोही नेपाली विरामी परेर अस्पताल होस् कार्की पुग्ने गर्नु हुन्छ। भेटका क्रममा यस क्षेत्रमा विरामी पर्दा आफूले गएर सहयोग गरेको लामो लिष्टनै थियो उहाँसंग । सामाजिक कार्य गर्ने सिलसिलामा उहाँ तोयोकावा नेपाली कम्यूनिटीको अध्यक्ष एवं म्याग्दी मुना जापानका अध्यक्षको जिम्वेवारीमा हुनुहुन्छ ।
१३ वर्ष अघि जापान आउनु भएका कार्की जापानमा ( सप्लायर कम्पनी ) Busy bee group co Ltd companey का प्रमुख हुनुहुन्छ । साथै उहाँ जापानमा रेष्ट्रटेन्ट व्यवशायमा पनि संलग्न हुनुहुन्छ । सामाजिक कार्यको लागि एकता नै वल बताउने कार्की पदमा पुग्नु अगाडी यो गर्छु, त्यो गर्छु भन्नु भन्दा म हुदाँ यो गरे भन्न सक्नु नै सच्चा सामाजिक कार्य बताउनुहुन्छ। आफु एनआरएनए क्षेत्रमा वसेर काम गरेको हुदाँ एनआरएनए जापानको केन्द्र र क्षेत्रको सम्बन्धलाई अझै प्रगाढ बनाउन पनि लाग्ने कार्कीको भनाई छ।