जापानमा दुई संकायमा स्नातक गरेकी मेमोरियनले खोलिन पहिलो 'राइसान हेयर नेपाल ' नामक पसल -
Everest Fuji News२०७६ असार २८ मा प्रकाशितPublished at 2019 Jul 13
टोकियो।
१४- जुलाई, आईतबार ।
चुरुमी फेशन डिजाइन कलेज र हलिवूड रोपोंगी हेयर ड्रेश कलेजबाट स्नातक गरेकी मेमोरियम राइले ' आजबाट आधिकारीक रुपबाटै ' राइसान हेयर नेपाल' पसल खोल्ने भएकी छिन ।
महिला तथा पुरुष दुबैलाई सेवा दिन सकिने यो पसल वैधानिक रुपले सन्चालनमा ल्याएको जापानमा सम्भवत: पहिलो भएको भएको दावी पनि गरेकी छिन ।
हामी ३ दिदी बहिनी थियौ , मेरो बाबा भारतीय सेनाबाट अवकास भई निवृतिकरण हुनु भएका अली हट्ठी स्वभावको हुनु हुन्थ्यो । उहाले हामीलाई नेपाल प्रहरीमा भर्ती भइ मेरो अगाडी फुली लगाएर देखाउनु पर्छ भन्नु हुन्थ्यो ।" २ दिदीहरु बाबाकै निर्देशान्अनुसार नेपाल प्रहरीमा गए , दुबै जना अहिले प्रहरी सहायक निरिक्षक पदमा कार्यरत छन ।
तर म पनि बुवा जस्तै हट्ठी स्वभावकी थिए । मलाई अर्काको अन्डरमा बसेर काम गर्न पटक्कै मन थिएन । सानै भए पनि मेरो आफ्नै व्यापार व्यवसाय होस् र मैले चाहेको अनुसार होस् भन्ने चाहान्थिन ।
फल स्वरुप मेहनत गर्दै आईन र आफ्नो गन्त्यव्यमा पुग्न पनि सफल भइन । उनले थपीिन " मैले मेरो लक्षमा पुग्न मैले अझै धेरै मेहनत गर्नु पर्छ , तै पनि मैले जापान जस्तो विकसित ठाउमा जापानभरका प्रतीयोगीहरुमध्यमा २ वर्षअघि पहिलो स्थानमा उत्तिर्ण भएपस्चात मैले जापानमा बैधानिक रुपमै कम्पनी खोली मेरो पढाई र अनुभव अनुसारको पसल खोल्न सफल भए । "
राइ यतिमा मात्रै सिमित रहिनन , उनले अर्को विषय चुरुमी फेशन डिजाइन कलेजबाट पनि स्नातक गरिन ।।यसरी उनले २ वटा विषयमा निखारिनुको उद्देश्य जुन जापानीहरुले हामी नेपालीहरुलाई हेपाहाको दृष्टिले हेर्ने गर्दथ्यो , मैले यिनीहरुको अगाडि सक्षम भएर नै देखाउनु पर्छ भनी अठोट लिए र उनिहरुको अगाडि उत्तिर्ण गरेरै देखाए । "
यद्दपी अहिले अन्तरराष्ट्रिय रुपमै नयाँ नयाँ डिजाइनहरु आएका हुन्छन र छिटो र राम्रो लूक्स दिन सक्नु नै हेयर डिजाइनरको चुनौती हो ।
शायद मैले नेपालमा पनि अध्ययनका साथ साथै चर्चित निल डेबिट हेयर ड्रेशमा पनि काम गरेको अनुभवले पनि मलाई जापानमा अध्ययन गर्न सजिलो भएको हुनु पर्छ । यो पसल बेलायतीहरुको लगानीमा नेपाल १५० वटा जती शाखा पसल र अहिले भारतमा पनि विस्तार हुँदै गएको छ ।
'म अहिले सानो पूँजीबाट सुरुवात गर्दैछु , यद्यपि नेपालमा भने यो ठुलै बजेट हो । ' हाल मेरो मातहतमा एक जापानी र एक चाइनिज जो उनीहरु म सँगै कलेज अध्ययन गरेका साथीहरु हुन , मसँग अनुवन्धित भएका छन । '
उनिहरुलाई पनि मैले जापानको चलन चल्ती अनुसार तलब सुबिधा दिनु पर्ने हुन्छ , म सँग अझै थुप्रै चुनौतीहरु छन , तै पनि म मेहनत गर्नेछु , तपाईंहरु पनि नेपाली चेलीले गरेको काम भन्दै मेरो पसलमा एक पटक भए पनि आएर प्रोत्साहान स्वरुप आइदिनु हुन अनुरोध गर्दछु । " भन्दै जापानवासी नेपालीहरुलाई आग्रह गरिन ।
आज जुलाई १४ तारिख आइतबारबाट आधिकारीक रुपले उद्घाटन गरी सन्चालनमा ल्याउदैछिन । उनले जापानमा राम्रोसँग व्यापार फस्टाएमा नेपालमा पनि यसको शाखा खोल्ने र विषेशत: नव युवा युवतीहरुलाई प्रशिक्षण दिने उद्देश्य रहेको पनि बताइन ।