प्रेमिला गौचन ,टोकियो, जापान ।
आषाढ -२७ , शुक्रवार ।
५ दिन अघि कामबाट घर फर्कने क्रममा हृदयघात भइ अकस्मात मृत्यु भएका स्व. भविलाल घर्ती मगरको आज अन्त्यष्टी गरिएको छ । उहाको अस्तु बोकी उहाकी धर्म पत्नी मनमाया घर्ती आजै नेपाल जादैछिन । उनका साथमा स्व.भबिन्द्रका काकाको छोरा नर बहादुर घर्ती पनि जादैछन ।


स्व घर्तीका आमा र २ छोराहारु हाल भैरहवामा बसोबास गर्ने भएकोले उनिहरु सिधै भैरहवामा गई कृया शुद्दी गर्नेछन । "आज साइतामा केनमा १० ~२ बजे भित्र दाह संस्कार सम्पन्न गरे पश्चात नेपाली दुतावासमा गइ आवश्यक कागत पत्र मिलाइ एकै दिनमा नेपाल पठाउने प्रकृया सकेको गल्कोट समाजका उपाध्यक्ष भोजेन्द्र सुबेदिले भने यद्दपी हामी सबैको पहलमा सबै काम एकै दिनमा सम्पन्न गर्न सक्यौ । "

स्व. भबिन्द्र गल्कोट न.पा.,रिघा -११ स्थाई घर भएको तर केही वर्ष पहिले भैरहवामामा बसाइ सरेका थिए । अन्त्यष्टी कार्यक्रममा गल्कोट समाजका अध्यक्ष दिलु खत्री लगायत गलकोटबासी र साइतामा केनमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
