स्व. भविलाल घर्ती मगरको अन्त्यष्टी १२ तारीख साइतामा केनमा गरिने -

Everest Fuji News २०७६ असार २२ मा प्रकाशित       Published at 2019 Jul 07


  आइतवार-आषाढ,२२ प्रेमिला गौचन , टोकियो, जापान । हिजो राती काम सकेपछी आफ्नै कोठामा फर्कने क्रममा अकस्मात हृदयघात भइ मृत्‍यु भएका भविलाल घर्ती (४०) को दाह संस्कार जापानमै गरिने भएको छ । साईतामा केन, चुरूसे स्टेशन नजिकै रहेको सोउगी शव गृहमा आउदो यही जुलाई १२ तारिख शुक्रवार १०~११:१५ सम्म श्रद्दान्जली सभामा आफन्त र इष्टमित्रको लागि राखिनेछ । त्यसपछी यसको नजिकै रहेको अर्को भवनमा १२ बजे शब दाहन गरी २ बजे भित्र अन्त्यष्टी गर्ने कार्यक्रम रहेको छ ।

नाका इतावासी एक नेपाली तथा इन्डियन रेस्टुरेन्टमा कूकको काम गर्दै आएका घर्ती काम सकेपछि ११:३० बजे काम बाट फर्किने क्रममा फुजिमिनो एकीमा ट्रेन भित्र उभिईरहेको अबस्थामा अकस्मात ढलेको र ट्रेनमा सँगै यात्राा गरिरहेका जापानी यात्रुहरुको सहयोगमा तुरुन्तै एम्बुलेन्समा हस्पिटल पुर्याउदै गर्दा मृत्यु भईसकेको घोषणा गरेका थिए ।

(स्व.घर्ती श्रीमतीका साथमा ) गल्कोट न.पा.,रिघा -११ मा स्थाई घर भएका स्व. घर्ती केही समयदेखि भैरहवामा बस्दै आएका थिए । उनी भारतीय सेनामा सेवानिवृत ( पेन्सन )भए पश्चात ३ वर्षको अन्तरालमा जापानमा कूक भिषामा आएका थिए । उहा कामो फुकुओका , साइतामा केन,जापानमा श्रीमतीसंगै बस्दै आउनु भएको थियो भने नेपालमा आमा, १६ र १३ वर्षिय २ छोराहरु रहेको गल्कोट समाजका उपाध्यक्ष भोजेन्द्र सुबेदिले एभरेष्ट फुजी न्युज डट कमलाई बताउनु भयो ।

साइतामा फुजिमिनो स्टेशनमा ढलेका घर्ती हिगासी चुरुमेका प्रहरीले मृतकका आफन्तलाई फोन गरेर जानकारी दिएका थिए । आज सस्थाका उपाध्यक्षद्वय भोजेन्द्र सुबेदी र विजय भण्डारी तथा मृतककी श्रीमतीले शब जिम्मा लिए पश्चात १२ तारिख शुक्रवार अन्त्यष्टी गरिने निर्णय लिएको हो ।

(स्व.घर्तीका श्रीमती र २ छोराहरु )

चिवाबाट भोजेन्द्र र इकेबुकुरोबाट विजय दुबै उपाध्यक्षहरु निकै टाढा पर्ने साइतामामा गइ यो कार्य सम्पन्न गर्न करिव करिव दिनभर नै लागेको थियो । अध्यक्ष् दिलु खत्री विषेश कामले टोकियो बाहिर रहेकोले यो जिम्मेवारी उहाहरुलाई दिएको जानकारी टेलिफोन मार्फत दिनु भयो । तर उहा अन्त्यष्टीमा भने सहभागी हुने जनाए ।

दाेस्राे पेपरकाे ठेगानामा श्रद्धाञ्जली कार्यक्रम र तेस्राे पेपरकाे ठेगानामा दाहासंस्कार गर्ने नक्सा-



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.