राप्ती समाज जापानमा युवराज रेग्मी अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा पुन: विकाश ओली चयन-

Everest Fuji News २०७६ असार १६ मा प्रकाशित       Published at 2019 Jul 01


टोकियो । राप्ती समाज जापानको दोस्रो अधिवेशनले संगीतमा विषेश रुची राख्ने, भद्र स्वभावका प्युठान निवासी युवराज रेग्मीको अध्यक्षतामा चयन हुनु भएको छ भने रोल्पा निवासी खेलकुदमा सकृय बिकास ओली संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने अहिले पनि पुन: वरिष्ठ उपाध्यक्षमा नै चयन भएका छन।

राप्ती समाजले कृयाशिल अध्यक्ष पायो -

अध्यक्षता ग्रहण गरेको दिनमै १ लाख ५० हजारको आजीवन सदस्य कोष खडा गर्न सफल भएका रेग्मीले निकट भविस्य मै १ करोड कल्याणकारी कोष खडा गर्ने प्रतीबद्धता व्यक्त गरेका छन । सो संकलित रकम ३ बर्षको लागी सहयोग स्वरुप स्वर्गद्वारी नगरपालिका ३ सोणका दान बहादुर रोकायले भोग चलन गर्ने मौखिक सहमति भएको छ ।

  संरक्षकमा पर्यटनविद बिस्वेस्वर रेग्मी-  

संस्थापक अध्यक्ष तथा पर्यटनविद बिस्वेस्वर रेग्मीलाई यस अधिवेशनले समाजको संरक्षकत्वमा पारीत गरेको छ । उहा जापानमा चिरपरिचित प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ ।

आइतवार टोकियोमा सम्पन्न अधिवेशनको अध्यक्षता संस्थापक अध्यक्ष विशेश्वर रेग्मीको विशेष पहलमा रुकुम पूर्वका प्रकाश ओलीलाई महासचिबमा चयन गरेको छ भने कार्यक्रम सन्चालन पनि उहाँ स्वयमले नै गर्नु भएको थियो ।

खेलकुदमा सकृय विकाश ओली ( वरिष्ठ उपाध्यक्ष्य )-

रोल्पा निवासी खेलकुदमा सकृय बिकास ओली संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने अहिले पनि पुन: वरिष्ठ उपाध्यक्षमा नै चयन भएका छन। त्यस्तै उपाध्यक्षमा प्रेम प्रकाश रोका मगर,नारायण बुढा मगर,मनराज बिश्वकर्मा सहित २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एक जुट भई राप्तीको विकासमा जोड दिने जापानमा क्रियासिल अन्य संघसंस्था जस्तै समाजले पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको कृयाकलापलाई निरन्तरता दिदै यस अधिवेशनले सचिवमा पन्चबिर चौधरी कोषाध्यक्षमा केशब भण्डारी सह- कोषाध्यक्ष आयुष्मा पुन मगर ,प्रवक्ता कमल बाठॉ मगर सदस्यहरु युवक शाहि,विश्व प्रताव बुढा , प्रविण शर्मा ,प्रतिज बुढा,शुनिल गौतम,कृष्ण रोका मगर,टिका डॉगि,टेकम ओली,कमल रावत,पिताम्बर जि सी,बल ब. घर्ति,क्षितिज रोका मगर,सुगम बस्याल,कमल सोनीर चन्द्र जंग मगर लाई चयन गरेको महासचिव प्रकाश ओलीले जानकारी दिनुभयो।यसै गरी अधिवेशनले ९ सदस्यीय सल्लाहकारमा डा. नेत्र प्रकास भण्डारी, डा कनैलाल चौधरी ,डा.राजन के. सि,बिष्णु पौडेल, रबि पुन, धनबिर सोनि ,सरद पोख्रेल,तारा प्रसाद बुढा मगर ,शोभान सिगं खड्का हुनुहुन्छ। अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधान लाई सर्वसम्मत पारित गरिएको थियो ।

अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । संस्थाको उद्देश्य जापानमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुबिच आपसी सद्भाव र समस्यामा सामुहिक सहयोगी भुमिका खेल्नु पर्ने सबैको प्रतिबद्धता रहेको छ । यसै अवसरमा अहिले सम्म संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउदै आउनु भएका सम्पूर्ण लाई व्यक्तित्वलाईधन्यवाद व्यक्त गर्नुका साथै नयॉ कार्यसमितीलाई स्वागत पनि गरेको थियो । कार्यक्रममा राप्ती समाज अष्ट्रेलियाका जय प्रकाश मगरको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.