Everest Fuji News२०७६ जेठ २६ मा प्रकाशितPublished at 2019 Jun 09
टोकियो ।
यही जुन ९ तारीख जापानमा रहेका नेपाली साहित्यकारहरु र साहित्य प्रेमी नेपालीहरुले टोकियोमा एक कार्यक्रमको आयोजना गरि विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समन्वयमा जापान शाखाको तदर्थ समिति गठन गरेका छन्।
देवी बहादुर ईङनामको अध्यक्षतामा गठन गरिएको १३ सदस्यिय तदर्थ समितिमा भुवन रोका बरिष्ठ उपाध्यक्ष, लोकनाथ अधिकारी उपाध्यक्ष, रविन्द्र दिखुक्पा महासचिव, बिमन किराती सचिव, शिव राज राई आर्थिक सचिव र अशोक कार्की आर्थिक सह-सचिव रहेका छन्। साथै सदस्यहरुमा शंकर हरि राई, गंगा गगन, मन्जु सावा, दिप मुस्कान, रेश राई, थर्क दिप तिगेला रहेका छन्। यस तदर्थ समितिले जापानमा रहेका नेपाली श्रष्ठाहरुलाई समेट्दै अघि बढ्ने र १ बर्ष भित्र नयाँ कार्यसमितिको गठन गरिने कुरा तदर्थ समितिका अध्यक्ष ईङनामले जानकारी गराएका छन्।
केन्द्रीय समितिको योजना अनुसार जापानमा साहित्यिक कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिदै प्रवासमा नेपाली साहित्यको संरक्षण र सम्बर्धन गर्ने उद्देश्य राखेर विश्व नेपाली साहित्य महासङ्घको शाखा जापानमा गठन गरिएको कुरा समितिका महासचिव रविन्द्र दिखुक्पाले जानकारी दिए।
कार्यक्रममा बिभिन्न श्रष्ठाहरुले आफ्ना साहित्यिक रचनाहरु बाचन समेत बाचन गरेका थिए।