शिनओकुबू, टोकियो
२०७२ सालमा नेपालमा आएकोमहाविनासकारी भूकम्प र लगातार आईरहेकोपराकम्प पश्चात् नेपालमा मनोसामाजिक/मनोवैज्ञानिक शिक्षा, स्वास्थ्य र भूकम्पकोपुर्नस्थापना र पुन:निर्माणको क्षेत्रमा कामगरिरहेको सेन्दाई स्थित जापानको सामाजिक संस्था जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम (जे.आई.एस.पि)ले टोकियोमा नेपाली संस्कृतिक संगीत सहितको च्यारिटी शो कोआयोजना गर्ने भएको छ ।
यही जुन २३ आइतबार हामामाच्यो स्थितमन्दिर रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपाल बाटन्यू अर्लिन्स क्याफे ठमेलको नेपाली लोकसांस्कृतिक ब्याण्डं “ स्मृति ब्याण्डं “ समूहकाकलाकारहरू प्रिन्स नेपाली (सारंगी) ,बाबुराजा महर्जन (तबला ,मादल), बिनयमहर्जन (बासुरी) ले आफ्नो प्रस्तुति दिनु हुनेछ।त्यस भन्दा अगाडी जुन २१ मा ऐभर्रेस्टइन्टरनेशनल स्कुलमा जापानिजबालबालिकाहरूलाई नेपालि बाद्यबादनसामाग्रीहरूको परिचय र प्रदर्शनको कार्यक्रमपनि रहेको छ, भने भोलिपल्ट २२ जुनमासिनोकुबो स्थित सोलमारी रेस्टुरेन्टमा पनि सो संगितिक कार्यक्रमको आयोजना हुनेजे.आई.एस.पि का निर्देशक मुवास्लात मायुमीले जानकारी गराउनुभयो ।
