स्याङ्ग्जा समाज जापानले यही जुन ३० तारिखमा वार्बेक्यु गर्ने -

Everest Fuji News २०७६ जेठ २० मा प्रकाशित       Published at 2019 Jun 03


टोकियो । गत बर्ष जस्तै यस वर्ष पनि स्याङ्ग्जा समाज जापानले सम्मर वार्वेक्यु ( पिकनिक ) गर्ने भएको छ । समाजले राहत कोष संकलन गर्नको लागि यस वार्वेक्युलाई निरन्तरता दिदै आएको समाजका मिडिया संयोजक नेत्र काफ्लेले जानकारी दिनु भएको  छ ।

 

नेरिमा कु स्थित हिकारी गाओका नारिमासमा गरिने यस पिकनिकमा प्रती व्यक्ती ३००० जापानी एन राखिएको छ भने जोडी आगन्तुकलाई ५००० एन राखिएको छ ।

यही जुन ३० तारिख आइतवार  यस पिकनिकमा जापानबासी नेपालीहरुलाई समाजले   हार्दिक आमन्त्रण गरेको छ ।

कार्यक्रम हुने स्थान : 4 choume-1-1 Hikarigaoka,Nerima city Tokyo-to 179-0072 Narimasu station,Higarigaoka station



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.