जापानमा पनि नेपाली समुदायले बुद्ध जयन्ती मनाए ..

Everest Fuji News २०७६ जेठ ५ मा प्रकाशित       Published at 2019 May 19


टोकियो । बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ जयन्तीको अवसरमा बुद्द धर्मप्रती आस्था राख्ने नेपाली समुदायले जापानको टोकियोमा पनि बुद्द जयन्ती मनाएको छ । टोकियो स्थित इचिगायामा रहेको निप्पोन्जान म्योहोजी गुम्बा परिसरमा धार्मिक बिधि अनुसार बुद्द जयन्ती मनाएको हो ।

हरेक वर्ष मनाउदै आएको यस मन्दिरमा टोकियो लगायत साइतामा , चिवा र नागोयाबाट पनि नेपाली तथा जापानी बौद्द धर्मालम्वीहरुले भगवान गौतम बुद्दलाई पूजा तथा दर्शन गरे । विधिवत पूजा गरीसके पछीका प्रसादहरु पनि भक्तजनहरुलाई वितरण गरेका थिए । कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले बैशाख पुर्णिमाको महत्व तथा बुद्द भारतमा जन्मेको भ्रमहरु चिर्न सबै नेपालीहरु एक हुनु पर्ने आशय व्यक्त गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.