जापानमा ज्वाला सङ्रौलाको नेत्रुत्वमा उठेको सहयोग रक़म रास्कोट सामुदायिक अस्पताललाई करिव रु. साढे २३ लाख हस्तान्तरण -

Everest Fuji News २०७६ बैशाख २३ मा प्रकाशित       Published at 2019 May 06


प्रेमिला गौचन, टोकियो । सोमबार बैशाख २३ | जापानमा करिव ४ महिनासम्म चलेको सहयोग रकम अभियन्ता ज्वाला सङ्रौलाको नेत्रुत्वमा करीव रु. साडे २३ लाख आज पत्रकार सम्मेलन गरी हस्तान्तरण गरेको छ । साडे २३ लाखमध्य नेपालबाट दुईलाख नब्बेहजार तीनसय सात रुपैयाँ उठेको हो भने अन्य रकम सबै जापानबाट उठेको हो । यो रकम न्युज २४ का चर्चित पत्रकार रवी लामिछानेको नेत्रुत्वमा दक्षिण एशियाकै पहिलो नमुना सामुदायिक अस्पताल नेपालको विकट क्षेत्र कालिकोटमा निर्माण गर्नको लागि सहयोग उठाइएको हो । सहयोग रकम अस्पतालको ब्रान्ड एम्बेस्डर इजिलिन्क रेमिट्यन्सबाट निशुल्क पठाइएको हो । रकम सन्कलनमा सङ्रौलालाई रविन शर्मा , दिपा घिमिरे , अर्जुन लम्साल , एच बि ताम्राकार , शिव तन्डुकार, ज्याक खड्का , गिरिजा गैरे र दिपक नेपालको सहयोगमा गरेका थिए। जापानमा विभिन्न बहानामा सहयोग स्वरुप हुने मनोरन्जन कार्यक्रम हुने गरे पनि अन्तिममा त्यो सहयोग हस्तानतरण गरिएको र पार्दर्शिता पनि देखिदैन । यो सहयोग हस्तातरणले जापानमा एउटा तरङग ल्याइ दिएको छ । पक्कै पनि राम्रो काम र पार्दर्शिता छ भने कुनै संघ सगठन या कुनै ठुलो पदिय दायित्व नभए पनि राम्रो सहयोग रकम उठाउन कुनै समस्या नै छैन भन्ने यसले प्रमाणित गरेर देखाएको छ। यि सहयोग उठाउने अभियन्ताहरु भर्खरै आफ्नो भविस्य उज्वल बनाउन वामे सरेका युवा युवती हरु थिए भने कोही स्थापित भइसकेका व्यक्तित्वहरु थिए ।

सङ्रौला यस्ती अभियन्ता हुन , भिड्भाडमा हुने वकुम्फुसे भाषण सुन्न कुनै औपचारिक कार्यक्रममा पनि जादिनन ।तर पनि उनको यो अभियानमा सबैले दिल खोलेर सहयोग गरे । जापानमा च्याउ उम्रे जस्तो संघ सस्था र व्याज र आशन ग्रहणमा रमाएर मै हुँ भन्नेहरुलाई जापानमा गतिलो झापड दिएको छ । जापानमा जती संघ सस्थाहरु खोलिएको छ , त्यती नै मानिसहरुको भावनामा दुरी बढेको महसुस गर्न थालिएको छ । जब कि जापानमा १ लाख सहयोग रकम उठाउन पनि धौ धौ छ भइसकेको छ , किनकी जो ठग छ , जो आडम्बरमा आफुलाई अहम ठानेर सहयोग अभियान चलाएको हुन्छ ।।त्यस्ताले थालनी गरेको अभियानमा सहयोग गर्ने इच्छा हुँदा हुँदै पनि सहयोग गर्न पछी हट्ने गर्दछन । किनकी जापानमा दिनादुदिन नेपालीको संख्या बढेसङ्गै समस्या पनि दिन प्रती दिन बढ्दो छ । जापानमा सबैको आफ्नो वाध्यात्मक परिस्थितीहरु छन । पत्रकार सम्मेलनमा सङ्रौलाले ' मलाई रवी दाइले पैसा उठाउनु भन्नु भएको थिएन , जो एउटा सानो सिटामोल खान नपाएर अकालमा ज्यान गुमाएकाहरुको बारेमा स्थलगत भ्रमणमा गएका डक्टरहरु बाट थाहा पाए पछि र सो डाँक्टरहरुले राखेको प्रस्तावमा रवी दाइले डिजिटल अस्पातलको निर्माराणार्थ योजना ल्याएपछी यो निस्वार्थ अभियानमा हामीले पनि साथ दिनु पर्छ भनेर यो अभियानमा लागेको आजको पत्रकार सम्मेलनको हस्तातरण कार्यक्रममा बताइन ।

अस्पतालको निर्माण स्थलको अवस्था अहिले कस्तो छ त ?

     

२ पटकसम्म कालिकोट पुगेर आउनु भएका इजिलिन्क रेमिट्यान्स जापानका प्रमुख डि पि अर्यालका अनुसार विविध प्राविधिक टोलीहरुको नेत्रुत्वोमा निर्माणको काम भइरहेको बताउनु हुँदै उहाले उक्त अस्पतालको अस्पताल निर्माण नहुन्जेल सरकारी आयुर्वेदिक भवन ३ वर्षको लागि भाडामा लिएर काठमान्डौको जस्त्तै सर्व सुलभ तरिकाले स्वास्थ्य उपचार भइरहेको छ । जसमा एकजना एम बि बि एस डाक्टर सहित ५ जनाको स्वाथ्यकर्मीहरुले प्रत्यक्ष स्वास्थ्यउपचार गरी रहेका छन ।

दक्षिण एशियाकै पहिलो नमुना सामुदायिक अस्पातालको कल्पना कसरी गरियो ?

 

जब डा.मुकुल ढकाल र कविन मलेकु कालिकोट पुगे ,त्यहाको स्वास्थ्य स्थिती अत्यन्तै दयनिय देखे पछी काठमाडौ फर्कना साथ चर्चित पत्रकार रवी लामिछानेलाई प्रस्ताव राखे ।।उहाहरुको प्रस्तावमा रवी लामिछानेले डिजिटल अस्पातल निर्माणको परिकल्पना गरेका थिए । यस अभियानमा जापान लगायत अन्य देशमा पनि सहयोग रकम तिव्र रुपले उठ्यो र उठ्दै पनि छ मलेशिया, क़तार, अस्ट्रेलिया, कुबेत, ओमन , युएई, साउदी अरेबिया, मकाऊ ,इजरायल, भारतबाट पनि ।

आज अन्तिम दिन पनि एकमुष्ट ६ जनाले सहयोग हस्तातरण गरे ..

1) बुद्दिराज घिमीरे-10,111 yen 2)कपिलदेब थापा-10,000 yen 3)किशोर श्रेष्ठ - 5000 yen 4)तिलक पराजुली-5000 yen 5)दुर्गा प्रसाद आचार्य-2000 yen 6)प्रेमिला गौचन- 10,000 yen (यसअघि पनि अस्पतालकै लागि ११,१११ एन सहयोग गरेको थियो र आज अन्तिम दिन गरेको सहयोग आगामी जुन ७ तारिखमा पर्ने जन्मदिनको उपलक्षमा समेत गरी कूल २१,१११ एन ( नेपालमा करिव २१ हजार ) रकम हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.