जापानका राजकुमार नरुहितो(५९) ले बुधवारदेखी राजगद्दी सम्हाल्ने -

Everest Fuji News २०७६ बैशाख १७ मा प्रकाशित       Published at 2019 Apr 30


जापान । जापानको २०० वर्षको ईतिहासमा स्वइच्छाले राजगद्दी त्याग गर्ने अकिहितो (८५ ) पहिलो सम्राट हुन । मंगलवार उनले राजगद्दी परित्याग गरेका छन ।

उनको आफ्नो छोरा राजकुमार नरुहितो (५९ ) ले बुधवार एक ऐतिहासिक कार्यक्रमका साथ राजगद्दी सम्हाल्नेछन ।

यो सँगै मङगलवार मध्यरातबाट जापानी हेइसेइ एरा (वर्ष ) पनि परिवर्तन हुँदैछ ।

सम्राटका रूपमा आकिहितोले आफ्नो अन्तिम सम्बोधन गर्दै जापान र विश्वको लागि शान्ति र खुसीको कामना गरेका थिए। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

तस्विर : एजेन्सी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.