२९ अप्रिल ।
टोकियो, जापान ।
आर्थिक विपन्नता तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ मोना म्याग्दी जापानले एक सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालका ख्याती प्राप्त कलाकारहरु शिव परियार,ज्योती मगर, गगन पुनको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए। साथमा स्थानिय कलाकार श्याम शितल र खड्क पुनको आधुनिक गीतले पनि मन्त्रमुग्ध बनाएको थियो । साथमा थाली नाच र झ्याउरे नाचको प्रस्तुती पनि आकर्षणको केन्द्र विन्दु थियो । कार्यक्रममा उपस्थित अतिथी , दर्शक तथा कलाकारहरुलाई देउराली पञ्चे बाजा र नौमती बाजाले स्वागत गरेका थिए ।
थियो । टोकियो स्थित नाकानो जेरो हलमा सम्पन्न सो सास्कृतिक कार्यक्रममा म्याग्देली तथा गैर म्याग्देलीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी मोना जापानका संरक्षक तथा भेट्घाट रेस्टुरेन्टका संचालक प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोना जापानका अध्यक्ष दिपक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालनमा सस्थाका महासचिव गणेश श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा मे १ तारिख नागोया र ३ तारिखमा फुकुओकामा भएपछी बिसर्जन हुनेछ ।
