टोकियो, १२ बैशाख २०७६ ।
जापानमा हरेक सामाजिक कृयाकलापमा सदैव सकृय हुने दिपकबाबु नेपालको संयोजकतामा नेपाली तेक्वान्डो खेलाडी तथा जापानमा सकृय संचारकर्मीहरुलाई सम्मान गरेको छ ।
नेपालदेखी आएका खेलाडीहरुलाई विभिन्न शिर्षकमा पदक जित्न सफल भए लगायत जापानमा सकृय रहेका संचारकर्मीहरुअलाई पनि ट्रफी तथा सम्मानपत्रले सम्मान गरेको हो ।
वाटा( WATA) अन्तराष्ट्रीय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले १ स्वर्ण सहित ७ वटा पदक जितेका छन् ।
जापानको ओसाकामा यहि अप्रिल २० र २१ तारिख सम्पन्न १७ औँ वाटा च्याम्पियनसिपमा भाग लिन आएका नेपाली खेलाडीहरुले २६ देशका विभिन्न उमेर समुहका खेलाडीहरुसंग प्रतिस्पर्धा गरी सो पदक जितेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जीवनको महत्वपूर्ण पाटा भलिवल खेलेर बिताएका तथा पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङले नेपालमा खेल खेलेर जिबिकोपार्जन गर्न नसकिने भएकोले हामी जस्ता कैयौ युवाहरु वाध्यात्मकवस विदेशिनु परेको तितो अनुभव बताउदै उहाले नेपालमा जादा खेलकुद परिषद,प्रदेश सरकार तथा सम्बन्धित निकायमा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीहरुलाई आजिबन पेन्शन, तलब भत्ता, सुरक्षा लगायत जीवनविमा पनि नेपाल सरकारले ग्यारेन्टी गर्नु पर्ने आवाज उठाउने गरेको बताउनु भयो । त्यस्तै खेलाडी प्रमुख रोशन खानले जापानमा जस्त्तै दक्षिण कोरिया र चिनमा पनि खेलाडी भाई बैनीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको छ । हामीहरु यस कार्यलाई निरन्तरता तथा सफलता हाशिल गर्नको लागि तपाईंहरु जस्तो प्रेरणादायीहरुको हात र साथको खाचो रहेको हुँदा यस कार्यक्रम मार्फत हामीलाई स्वागत तथा सम्मान गर्नु भएकोमा हार्दिक धन्यवाद दिएका थिए ।

आकृति गुरुङ – स्वर्ण, जिप्सन नेपाल – रजत,सुदिप गिरी – रजत,धनमाया सिंजाली – कास्य,विद्या राई – रजत,अब्बास खान- रजत र प्रदीप आलेमगरले – रजत पदक दिलाएका हुन् । वाटा च्याम्पियनसिपमा यो नेपालको दोस्रो पटकको सहभागिता हो । खेलाडी प्रमुख रोशन खानले जापानमा जस्त्तै दक्षिण कोरिया र चिनमा पनि खेलाडी भाई बैनीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको छ । हामीहरुको यस कार्यलाई निरन्तरता तथा हौशला प्रदान गर्न तपाहरु जस्तो प्रेरेणादायीहरुको हात र साथको हरपल सहयोग चाहिने अभिव्यक्ती दिए ।
अभियानकर्ता दिपकबाबु नेपालको सभातित्वमा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, चितवन तेक्वान्दो डोजाङका अध्यक्ष रोशन खान , संस्थापक अध्यक्ष कृष्ण चौधरी तथा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकालीको आतिथ्यता ग्रहण गरेका थिए ।
त्यस्तै,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचन, पुर्व अध्यक्ष ध्रुव भट्टचन, गैरआवासीय नेपाली संघ जापानकी कोषाध्यक्ष कालिका थापा ,तमु धीँ जापानकी अध्यक्ष अनिता गुरुङ, चितवन समाज जापानका उपाध्यक्ष ईश्वरी कँडेल लगायतका व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो ।
नेपालदेखी टोली प्रमुख तथा प्रशिक्षक रोशन खान सहित जित सिंह लामा र अशोक खड्का अन्तराष्ट्रिय रेफ्री , टिम प्रशिक्षक हेम लाल श्रेष्ठ, उमा अधिकारी मेनेजर , लिलावती नेपाल अफिसियलका साथमा , पुम्से तर्फबाट सिनियर गोपाल श्रेष्ठ ,फाटिङ तर्फबाट सिनियर ५७ केजी तर्फ धनमाया सिन्जाली ,महिला ५३ केजी तर्फ बिध्या राई ,पुरुष सिनियर बिनोद थापा, ७३ केजी तर्फ सिद्दी बिक्रम शाही, जुनियर ५० केजी मुहम्मद उमर खान ५४ केजी, उज्ज्वल श्रेष्ठ ७३ केजी , अब्बास खान ५४ केजी, जिप्सन नेपाल जुनियर ४५ केजी , बिजय गुरुङ जुनियर ५० केजी , जुनियर महिला ४१ केजी आकृति गुरुङ र पुरुष सिनियर अभिषेक राना आएका थिए ।


ओसाकामा भव्य कार्यक्रम
कान्साई वासी नेपालीहरुले ओसाकामा खेलाडीहरुलाई स्वागतमात्र होईन् बिदाई पनि भव्यरुपमा गरेका छन् । एनआरएनए कान्साईमा आबद्द विभिन्न व्यक्तिहरुले १ लाख ४० हज़ार २ सय येन आर्थिक सहयोग पनि गरे । त्यसो त कान्साईवासी नेपालीहरुले चितवन तेक्वान्दो डोजाङको प्रशिक्षण हल निर्माणका लागि यस भन्दा अघि पनि सहयोग गरिसकेका छन् ।
नागोयामा पनि खेलाडीहरुलाई सम्मान तथा सहयोग
ओसाकामा खेल खेलेर टोकियो आउने क्रममा नागोया वासी नेपाली समुदायहरुले पनि खेलाडी तथा सम्पूर्ण टिमलाई सम्मान तथा सहयोग गरेका छन् । सहयोगि तथा डोजाङको कभर्ड हल निर्माणका अभियानकर्ता दिपकबाबु नेपालका अनुसार नागोमा यस पटकको कार्यक्रममा ६० हज़ार जापानी येन संकलन भएको छ ।
राजदुतावासबाट खेलाडीहरुलाई बधाई तथा विशेष सम्मान
नेपाली राजदुतावासले , राजदुतावासमै खेलाडीहरुसंह भेट गरी, बधाई ज्ञापान गरेको छ । महामहिम राजदुत प्रतिभा राणा, उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल तथा दुतावासका अन्य कर्मचारीहरुको उपस्थितीमा भएको भेटमा महामहिम राजदुत प्रतिभा राणाले, नेपालबाट जापान आई पदक जितने खेलाडीहरुलाई बधाई तथा सम्पुर्ण खेलाडीहरुलाई आगमी जिनको लागि शुभकामना दिनुभएको थियो । साथै सोहि अवसरमा चितवन तेक्वान्दो दोजङका तर्फबाट राजदुत तथा उपनियोग प्रमुख समक्ष मायाँको चिनो पनि प्रदान गरिएको थियो ।
टोकियोमा सहयोगदाता तथा संचारकर्मीहरुलाई सम्मान-
चितवन तेक्कान्दो डोजाङले आफ्नो कभर्ड हल निर्माण तथा वाटा च्याम्पियनसिपको यात्रालाई सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गर्ने, संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ ।
डोजाङ्ले जापानमा कृयाशिल पत्रकारहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा समुद्रपारी डट कमका तिलक मल्ल , नेपालजापान डट कमका आनन्द कोइराला , एभरेष्ट फुजी न्युज डट कमकी प्रेमिला गौचन , नेपालन्युज पोस्टका राजन गौतम , मात्रीसन्देश डट कमका शान्ता पहरी,जापान समाचारका गोकर्ण अधिकारी , रविन्द्र गोर्खाली,ग्लोबल न्युजकी लक्ष्मी पौडेल लगायत लगायत ३१ जना पत्रकारहरुलाई सम्मान गरेको थियो । संचारकर्मी तथा अन्य सहयोगी दाताहरुलाई मायाँको चिनो तथा प्रसंशा पत्र प्रदान गरी सम्मान गरेको हो ।







