टोकियो ।
प्रेमिला गौचन,अप्रिल १० बुधवार । सिन्जो कर्पोरेशनले गत आईतवार आयोजना गरेको दोस्रो मिस जापान नेपाल प्रमिशा तामाङले हात पारेकी छिन ।
नेपालबाट आमान्त्रित हिंडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले ' म नेपाली र अंग्रेजीमा साधारण प्रश्न गर्छु भन्दै उहाले "समाजको विकास गर्नको लागि महिला र पुरुषमा कसले बढी योगदान गरेको हुन्छ ?" जसको उत्तरमा फर्स्ट रनर अपका पाँचमध्य प्रमिशा तामाङले अंग्रेजी भाषामा सबैलाई चित्त बुझ्दो जवाफ दिएकीले उनले मिस जापानको ताज हात पार्न सफल भएकी हुन । यद्दपी २ जनाले नेपाली भाषामा र ३ जना प्रतिस्प्रधीले अंग्रेजी भाषामा चित्तो बुज्दो जवाफ दिएका भए पनि उत्कृष्ट तामाङको जवाफ भएकोले निर्णायक मण्डलले उनलाई मिस जापानको ताज पहिरिने अनुमती दिएको हो ।
तामाङलाई हिंडेन ट्रिजरका अध्यक्ष गोपाल कक्षपति तथा मिस नेपाल ओर्ल्ड कि श्रृंखला खतिवडाले एकैसाथ ताज पहिराएका हुन।
अन्तिम प्रतिस्प्रधिबाट अरोही सुबेदी, रितु गौतम, आयुशा फुलेल , एन्जिरा गौतम र प्रमिशा तामाङमध्यबाट तामांग विजयी भईन भने रितु गौतम फस्ट रनर अप, सेकेन्ड रनर अपमा आयुशा फुलेल र पब्लिक च्वइसको उपाधी निना राइले हात पारेकी थिईन ।
नेपालबाट आमन्त्रित हिंडेन ट्रेजरका अध्यक्ष तथा उहाकी धर्मपत्नी प्रतिमा कक्षपति, मिस नेपाल ओर्ल्डकी श्रिन्खला खतिवडा,मिस पोखरा २०१५ कि सबिता पाण्डे मिस लगायत ५ जना निर्णायक मण्डल रहेका थिए । उहाहरु सबै नेपालबाट आमन्त्रित थिए भने कोरियोग्राफर प्रियारानी तामाङ भने २ हप्ता पहिले नै जापान आएकी थिइन । उनले प्रतियोगीहरुलाई विभिन्न विधामा तालिम दिएकी थिईन भने कार्यक्रमको उद्घघोषण पनि आकर्षण रुपले गरेकी थिइन ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख महेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गतसाल विभिन्न विधा हात पार्न सफल भएका मिस जापानहरु र मिसेस जापान अनु महर्जनको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न नेपाली नृत्य तथा गायकहरुले आ- आफ्नो प्रतिभा देखाएका थिए ।
तामाङलाई जापानमा पहिलो पटक सन २०१८ मा मिस जापान हुन सफल भएकी अनन्या गुरुङले आफ्नो आफ्नो ताज तामाङलाई पहिराएकी थिइन ।
मिस जापान नेपाल २०१९' प्रतियोगितामा आयुशा फुलेल, छिरिग डोल्मा गुरुङ,निना राइ, कल्पना काफ्ले, रितु गौतम, आरोही सुबेदी, एन्जिरा गौतम, अनु कार्की, प्रेमिशा तामाङ सहित ९ जनाले भाग लिएका थिए ।
व्यवस्थापनमा कर्पोरेशनका अध्यक्ष उत्तम श्रेष्ठ सहित दिनेश गुरुङ, जोहन छन्त्याल, करसाङ तामाङ र आस्था गुरुङ रहेको थियो ।
हिंडेन ट्रिजर नेपालले सिल्भर जुब्ली मनाउदै ..
ट्रिजरका अध्यक्ष कक्षपतिले सन १९९४ बाट सुरु गरेको मिस नेपाल प्रतियोगिता यो साल २५ वर्ष पुग्ने भएकोले विभिन्न कार्यक्रम गर्दै सिल्भर जुब्ली मनाउने कार्यक्रम रहेको बताएका छन । साथै उहाले अहिलेसम्म ४ विधामा प्रतियोगिता हुँदै आएकोमा यो सालबाट १ विधा थप गरी ५ विधामा मिस नेपाल प्रतियोगिता गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।
सन ९४ कि प्रथम मिस नेपाल रुबी राणा हुँदै सन २०१८ कि मिस नेपाल श्रृंखला खतिवडाले केही महिना अघी चाईनामा भएको मिस वर्ल्डमा ११ औ स्थानमा पुग्न सफल भएकी थिइन ।
'दोस्रो मिस जापान ०१९' तामांगले पाएको नगद पुरस्कार विद्यार्थीलाई हस्तान्तरण गरिन -
विजयी तामाङले पुरस्कार स्वरुप पाएकी ३० हजारले विद्यार्थिको लागि कापी, कलम र स्टेन्शनरी सामानहरु टोकियो स्थित एबरेष्ट इन्टरनेशनल स्कूलको विद्यार्थीहरुलाई स्कूलकै प्राङगणमा गएर वितरण गरिन ।
