रामपुर जापान सम्पर्क मंचको बार्षिक साधारण सभा जापानको टोकियोमा सम्पन्न भएको छ । स्थापनाको पहिलो बर्षमा मंचले आयोजना गरेको बार्षिक साधारण सभामा रामपुरबासिहरुको उपस्थित रहेको थियो । पाल्पाजिल्लाको रामपुर नगरपालिकाबाट आई जापानको बिभिन्न भूभागमा छरिएर रहेका रामपुरबासिहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले यो मंच २०१८/३/२७ गते स्थापना भएको थियो । स्थापनाको समयदेखिनै जापानमा रहेका रामपुरबासिहरुको पीर मर्कामा सहयोग गर्दै आएको यस मंचले अबका केहि बर्ष भित्रमा रामपुर नगरपालिका भित्रमा केहि गर्ने अठोटका साथ अघिबढिरहेको कुरा यस मंचका अध्यक्ष बिनोद आचार्यले जानकारि गराएका छन् । यस मन्चले आउदो आर्थिक बर्षसम्ममा जापानको सबै क्षेत्रमा क्षेत्रीय कार्यसमिति बिस्तार गरि रामपुरमा केहि लगानि गर्ने वातावरणको निर्माण गर्ने योजना रहेको कुरा मंचका सचिब उमेश अर्यालले बताएका छन् ।
