जापानमा धुर्मुस सुन्तलि साँझ कार्यक्रमको मिति सर्यो

Everest Fuji News २०७५ चैत्र १५ मा प्रकाशित       Published at 2019 Mar 29


टोक्यो, जापान ।

चितवन समाज जपानले चितवन जिल्लामा धुर्मस -सुन्तलि फाउन्डेसन द्वारा निर्माण गर्न गइरहेको "गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला" को सहयोगार्थ यहि आउदो नेपाली नयाँ बर्ष२०७६को अवसर पारेर टोक्यो लगायत जापानका तीन ठुला शहर मा आयोजना गर्ने भनिएको "धुर्मुस सुन्तलि साँझ २०१९" नामक सास्कृतिक कार्यक्रम तत्कालको लागि स्थगन गरेको छ।

कार्यक्रम वृहत बनाउनका लागि समय नपुग भएकोले व्यापक तयारीका लागी हाल को कार्यक्रमको मिति परीवर्तन गर्नुपर्ने देखिएकोले पूर्व घोषित कार्यक्रम स्थगित गर्न परेको सांस्कृतिक कार्यक्रम जापानका कार्यक्रम संयोजक अर्जून अधिकारीले बताए । यसवाट पर्न गएको असुविधाको लागी सम्बन्धित सवै प्रति चितवन समाज जापान क्षमा प्रार्थी रहेको बताइएको छ । हामी छिट्टै नयाँ मिति ,समय र स्थान घोषणा सहित हजुरहरु समक्ष आउने छौं ,तपाईहामी गरिमामय रंगशाला बनाऊन जुन सहयोग लागी तत्परका साथ लागेको थियौ अझ समेटिएर सबैको कार्यक्रम बनेर जानेछ अधिकारीले भने।

विगतमा जस्तै यस पटक यो राष्ट्रिय गौरबको परीयोजना "गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला "निर्माण गर्ने महाअभियानमा सबै जापानवासी नेपालीहरु बाट सहयोग र साथ पाउनेमा आफु विश्वस्त रहेको चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठले बताए । आगामी कार्यक्रम चितवन समाज जपानको समायोजन र जापान स्थित सम्पूर्ण नेपाली संघ - सस्थाहरु को संयुक्त आयोजना मा सभ्य र भब्य रुपमा सफल बनाउन का लागी व्यापक तयारी भैरहेको श्रेष्ठले बताए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.