मार्च १७ मा चलचित्र 'क्याप्टेन'को टोकियोमा प्रर्दशन, तयारी पुरा
Everest Fuji News२०७५ फाल्गुन ३० मा प्रकाशितPublished at 2019 Mar 14
जापान । नेपालमा अत्यधिक मात्रमा दर्शकले रुचाइएको चलचित्र क्याप्टेन जापानमा प्रर्दशन हुने भएको छ ।
जापानको टोकियो स्थित यहि मार्च १७ तारिखमा नाकानो जिरो हलमा साँझ ६ बजे प्रर्दशन हुने सो चलचित्रको तयारी पुरा भएको छ ।
जापानमा पनि अनमोलका फ्यानहरु ठूलो संख्यामा बसोबास गर्दै आएका र क्याप्टेनको माग बढेको कारण चलचित्र प्रर्दशन गर्न लागिएको डेस्टिनि क्रियसनका कृष्ण खरेलले जानकारी दिए ।
दिवाकर भट्टराइ निर्देशित एवं भुवन केसीद्धारा निर्मित चलचित्र क्याप्टेनमा अनमोल केसी, उपासना सिं ठकुरी , प्रियंका एमभि , सरोज खनाल , सुर्यमाला खनाल , सुनिल थापा , प्रशान्त ताम्राकार , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । भिजोनिया र डेस्टिनि क्रियसनको संयुक्त प्रयासमा क्याप्टेन जापानमा प्रदर्शन गर्न लागिएको हो ।