
टोकियो।
आज मार्च ८ , अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यसलाई अन्तर्राष्ट्रिय महिला दिवस पनि भन्ने गरिन्छ । विश्वभर आजको दिन विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

सन् १९०९ फ्रेबुअरी २८ बाट मनाउन सुरु गरिएको यो दिवस सबैभन्दा पहिले राजनीतिक नेत्रुत्वबाट सुरु भएको थियो । अहिले महिला हक अधिकार, महिला सशक्तिकरण, समानतालगायतका विषयमा केन्द्रित भएर विश्वभर महिला दिवस मनाइन्छ । सन् १९१० मा मात्र यो दिवसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । अहिले यो दिवस मार्च महिनाभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ । विश्वका १०३ भन्दा धेरै देशमा अहिले यो दिवस मनाइन्छ ।
यो वर्ष महिला दिवसको स्लोगन ‘ब्यालेन्स फर बेटर’ (राम्रोका लागि समानता) हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । महिला दिवसको सन्दर्भ पारेर आज दिनभर नेपालमा महिलाको अवस्था झल्काउने विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुको अपडेटहरु गर्ने जमर्को गरेको छ |