समृद्ध नेपाल निर्माणको लागि स्वास्थ्य र शिक्षामा लगानी बढाउनु पर्ने ' पूर्व स्वास्थ्य मन्त्री गगन थापा '

Everest Fuji News २०७५ फाल्गुन १९ मा प्रकाशित       Published at 2019 Mar 03


टोकियो । साताव्यापी जापान भ्रमणमा आएका युवा नेता तथा पूर्व स्वाथ्य मन्त्री गगन थापाले समृद्ध नेपाल निर्माणको लागि स्वास्थ्य र शिक्षामा लगानी बढाउनु पर्ने धारणा दिएका छन । अन्तरास्ट्रिय सामाजिक सस्था जाइका र जापान सरकारको संसदीय कुटनितिक विभागको निमन्त्रणामा आउनु भएका नेता गगनले जापान निवासी विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्बोधन गर्ने क्रममा सो अभिव्यक्ती दिएका हुन । जापानमा सफल व्यवसायी महेश श्रेष्ठको संयोजकतामा सम्पन्न भएको 'समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका ' बिषयक कार्यक्रममा नेता थापाले नेपालमा आर्थिक , सामाजिक र बिकास निर्माणको लागि अहिले युवाहरुको पिक आओर अर्थात सही समय भएकोले यस अवसरलाई सके सम्म गुमाउन नहुने आशय व्यक्त गरे ।

अहिले संघिय सरचनाको बहुमतको सरकार भएकोले यो समयमा युवा वर्गले सही सदुपयोग र परिचालन गर्न सकिएन भने यसले पक्कै पनि दूरगामी असर पर्ने चिन्ता व्यक्त गरे । नेपाल गाउ नै गाउले भरिएको देश भनियता पनि अक्रामक ढंगले शहरीकरण भएकोमा पनि चिन्ता गर्दै उहाले नेपाल कृषि प्रधान देशका जनताहरुले पछील्लो समय ८०% खाद्यान्न विदेशबाट आयात भईरहेको तथ्य पनि उल्लेख गरे । विकसित देशहरुमा कृषिबाट पलायन भएका कृषकहरु औद्योगिक पेशामा आवद्द भइ देशलाई उन्नती तर्फ अग्रसर हुने भएकोले नेपाल सरकारले पनि यो प्रणाली भित्र्याउनु पर्ने धारणा राखे । अहिले नेपालमा संघिय प्रणालिको सरकार भएकोले उत्पादकत्व क्षेत्रमा प्रवासी नेपालीहरुलाई लगानी गर्न अनुरोध गर्दै उहाले ठुला ठुला आयोजना मात्र नभै सा -साना तथा लघु आयोजनाहरुमा समेतमा लगानी गरेर स्वदेश तथा घर परिवारलाई योगदान गर्न पनि सुझाव दिए ।

थापा काङ्रेसी नेता भए पनि विशुद्द राजनीतिक विहिन कार्यक्रमको आयोजना गरी नेपालीहरुको जनघन्त्व बाक्लो भएको स्थान शिन ओकुबो स्थित सामाजिक सभाहलमा सहभागीहरुको बाक्लो उपस्स्थिती रहेको खुल्ला वहसमा नेता थापाको भनाइ पछी फ्लोर डिस्कशन भएको थियो । सहभागीहरुका तर्फबाट नेताले विदेशमा आएर चिल्ला कुरा गरे जस्तो नेपालीहरु स्वदेशमा जादा त्यो व्यवहार नभएको गुनासो गरे । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल चरम भ्रष्टचारमा डुबेको, लगानी मैत्री नभएको , युवाहरुलाई पुरै राजननैतीक झोला बोकाएकोले कुनै पनि क्षेत्रमा निस्पक्ष ढंगले काम गर्न नसकेको र जहाज खरिद गर्दा भएको भ्रष्टचार वाइड्बडी प्रकरणको वारेमा पनि चासो देखाएको थिए । कार्यक्रममा नेता थापा सँगै आएका सिन्धुपाल्चोकका बिकास लामा पनि बोलेका थिए । सहजीकरणको भूमिका एनआरएन आ इ सि सि का प्रवक्ता भुषण घिमिरेले गरेका थिए भने कार्यक्रम प्रस्तोता राम जङ कार्किले गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.