स्याङ्ग्जा समाज जापान क्षेत्रीय समिती नागोयाको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: हिरा गुरुङ
Everest Fuji News२०७५ फाल्गुन १२ मा प्रकाशितPublished at 2019 Feb 24
निशान राना
नागोया ,जापान ।
स्याङ्ग्जा समाज जापान क्षेत्रीय समिती नागोयाको दोस्रो अधिबेशन भव्य रुपमा सम्पन्न भएको छ । नागोया स्थित चौतारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको अधिबेशनमा सर्बसम्मत पुन हिरा गुरुङ अध्यक्षमा चयन हुनुभएको छ ।
सभापति हिरा गुरुङ र केन्द्रका अध्यक्ष सागरमणी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा हिरा बहादुर गुरुङ्गको अध्यक्षतामा १५ जना सदस्यहरुको कमिटी गठन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा निशान राना ,उपाध्यक्षमा मित्रलाल सिग्देल महिला उपाध्यक्षमा अनिता न्यौपाने ,महासचिवमा अर्जुन प्रसाद खनाल कोषाध्यक्षमा सन्तोषी गुरूङ्ग, सचिवमा सन्तोष भट्टराई प्रबक्तामा किरण गुरुङ सह-कोषाध्यक्षमा अनिता सुबेदी खनाल छन् भने सदस्यहरुमा सन्तोष गुरुङ ,सगुन श्रेष्ठ, राजु ढकाल ,राधिका पाण्डे र भुपती न्यौपाने रहेका छन् । त्यसैगरी सँरक्षकमा चिरन्जीवी सिग्देलका साथै सल्लाहकारहरुमा विकाश राना, जिवन गुरुङ , रश्मी सिग्देल, साईमन बिश्वकर्मा र गोपाल प्रसाद सिग्देल रहेका छन ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य सल्लाकार चिरन्जिबी सिग्देलले गरेका गरेका थिए भने वार्षिक प्रतिबेदन सचिब साईमन बिश्वकर्मा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोषी गुरूङले प्रस्तुत गरेका थिए । साथै स्याङ्जा समाजका अाई सी.सी उपाध्यक्ष जिवन न्यौपाने र स्याङ्ग्जा समाज जापानका अध्यक्ष सागरमणी भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा टोकियोबाट अध्यक्ष सागरमणी भण्डारी , अाई सी.सी उपाध्यक्ष जिवन न्यौपाने , वरिष्ठ सल्लाकार भिम न्यौपाने, उपाध्यक्ष धुर्बराज ज्ञवाली, सचिब बेद कार्की र कार्यकमिती सदस्य अर्जुन हमालको उपस्थित रहेको थियो ।
नबनिर्बाचित कार्यकमितीलाई केन्द्रका वरिष्ठ सल्लाकार भिम न्यौपानेले सपथ ग्रहण गराएका थिए । कार्यक्रम महासचिब निशान रानाले सन्चालन गरेका थिए भने कार्यक्रमका सभापति हिरा गुरुङले उपस्थित सबैलाई कार्यक्रम सभ्य र भब्य बनाईदिनुभएकोमा धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।