एनआरएनए जापानको १४ क्षेत्रीय समितिमा चिवा क्षेत्र

Everest Fuji News २०७५ फाल्गुन १२ मा प्रकाशित       Published at 2019 Feb 24


टोकियो ।

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने भएको छ। बड्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै परिषदको निति तथा कार्ययोजनामा क्षेत्रिय समिति बिस्तार यवं सुझाव पेश गर्न महासचिव लाई दिएको ज़िम्मेवारी अनुसार मिति २०१८ फ्रेवअरी २४ तारिक सम्पन्न क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश गर्दै सोहि भेलाले ८ बुदे घोषणापत्र जारी सहित क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको थियो।सोहि भेलाको निर्णय लाई कार्यन्वयन गर्न मिति २०१९ फेव्रओरी २३ तारिक अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिक आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेल लाई संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो।तदर्थ सिमिति गठन गर्ने समय लाई ब्यवस्थापन गर्दै उपस्थितिको लागि सम्पुर्ण चिवावासी पंजिकृत तथा साधारण सदस्य हरुलाई हार्दिक आमन्त्रण गर्दै यो अभियान लाई सहयोग गर्न अध्यक्ष टासि वाङदी लामाले अनुरोध गर्नु भएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.