आईसिसि अध्यक्ष भट्टको नेतृत्वमा जापानको चार क्षेत्रमा हाईड्रोपावरमा लगानी तथा प्रशिक्षण कार्यक्रम हुँदै -
Everest Fuji News२०७५ फाल्गुन ८ मा प्रकाशितPublished at 2019 Feb 20
टोकियो ।
गैरआवसिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष भवन भट्ट को नेतृत्वमा म्याग्दी ठुलो खोलाको हाईड्रोपावरमा लगानी सम्वन्धि बिषय बस्तु प्रमुख रहने गरी जापानको चार प्रमुख शहरमा कार्यक्रम तय गरेको छ ।
लगानीमा छलफलसँगै एनआरएन अभियन्तालाई प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एनआरएन जापानले जनाएको छ ।
१७ करोड लागतमा गैरआवसीय नेपालीहरुको लगानीमा २१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष रहेको सो कार्यक्रममा आईसिसि महासचिव डा.बद्रि केसी , प्रवक्ता भुषण घिमिरे ,युवा संयोजक सुदन थापा,यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा उपसंयोजक पारसमणि पोखरेल आईसिसि सदस्य संगै एनसिसि जापान का अध्यक्ष टासि वाङदी लामा जापानको तीन शहरमा यहि मार्च १४तारिक बाट १८ तारिक सम्म कार्यक्रम गर्ने योजना रहेको एनसिसि जापानका महासचिव बुद्धि राज घिमिरे ले जानकारी दिए ।
सो अवधिका कार्यक्रमहरु २०१९ मार्च १५ तारिक बिहान सिजोओखा मा कार्यक्रम हुने छ भने,दिवामा नागोया कार्यक्रम हुने छ।मार्च १६ तारिक कान्साईमा कार्यक्रम हुने छ भने मार्च १७ तारिक टोकियोमा कार्यक्रम आयोजना हुनेछन् ।
कार्यक्रमको तयारीको लागि सम्वन्धित क्षेत्रका संयोजक हरुलाई एनसिसि जापानले पत्रचार गरीसकेको र कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा उपस्थितिको लागि सम्पुर्ण जापानवासी नेपालीहरुलाई आव्हान गरेको छ।कार्यक्रम स्थल को ठेगाना र समय सम्वम्धित क्षेत्रबाट सुचना छिट्टै प्रकाशन गरिने पनि जनाएको छ ।