प्रेमिला गौचन । टोकियो ।
नेपालमा जहानिया राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको हिजो मंगलवार फाल्गुन ७ गते हरेक वर्ष नेपाल सरकारको तर्फबाट प्रजातन्त्र दिवस मनाउदै आएको छ । यसै परिप्रेक्ष्यमा आज नेपाली राजादूतावास जापानले पनि जापानमा प्रतिष्ठित र स्थापित जन समुदायहरुको बिच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रजातन्त्र स्थापनको लागि आफ्नो ज्यान अर्पण गरेका ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनेट मौन धारण सहित सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो
जनताको अवस्थामा सुधार आएको अनुभूति गर्न पाईनेगरि प्रजातन्त्र आउनुपर्ने बताउँदै यसको लागि राजदूत राणाले सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उहाले फरक प्रसंगमा बोल्नुहुँदै राजदूत राणाले जापानमा रहेका नेपाली विश्वकै आशा र सम्भावनाको केन्द्र रहेको देश भएता पनि गत हप्ता जापानको राष्ट्रिय च्यानल एन एच के ले नेपाली ५ जना युवाहरु दशै ताका एक आपसमा झगडा गरेको तर , त्यो समयमा उम्कन सफल भए पनि जापान प्रहरीको लामो अनुसन्धान पश्चात पक्राउ गर्न सफल भएको सो टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको घटनाको बिषयलाई लिएर नेपाली युवाहरुको बिषयमा राजदूतावासमा जापान प्रहरीबाट विभिन्न टिका टिप्पणीहरु आउने गरेकोमा राजदूत प्रतिभा राणाले चिन्ता व्यक्त गर्नु भयो ।

उहाले केही उछ्रिङ्गल युवाहरुको कारण नेपाली छवी नै बिग्रेकोले सके सम्म यस्ता घटनाहरु हुन नदिनको लागि नेपाली समुदायले प्रमुख भूमिका खेलिदिन आग्रह गर्नु भयो । त्यस्तै उपनियोग प्रमुख अर्यालले जहानिया राणा शासनको अन्त्यभई प्रजातन्त्र स्थापनाको अवसरमा प्रजातान्त्रिक आचरण र व्यवहार आत्मसाथ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । अर्यालले सो अवसरमा बिदेशमा रहँदा नेपालीहरुले आफ्नो देशलाई सम्झिएर देशको छवि उच्च बनाउनेगरि आफ्नो काम गर्नुपर्ने बताउँदै यसमा जापानवासी नेपालीहरुले ध्यानदिनुपर्ने आशय थप्नु भयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आईसिसिका अध्यक्ष भवन भट्टले प्रजातन्त्रको अनुभुती नागरिकले पाउने रोजगारी, स्वास्थ्य, शिक्षा सहित समृद्ध मुलुकबाट हुने भन्दै गैर आवासिय नेपाली संघले स्थापना देखीनै देशको समृद्धिको लागि काम गरिरहेको बताउनुभयो ।
