पन्चासे समाज जापानद्वारा नवलपरासी कावासोतीका मृगौला पिडित सापकोटालाइ करिव २९ हजार आर्थिक सहयोग हस्तान्तरण-

Everest Fuji News २०७५ फाल्गुन २ मा प्रकाशित       Published at 2019 Feb 14


टोकियो । पन्चासे समाज जापानद्वारा कावासोती नगरपालिका वडा न १२ निवासी गणेश सापकोटा (३६ ) लाई आर्थिक संकलन गरी ने रु. २८ हज़ार ८सय १३ टोकियो स्थित 'शिन ओकुबोमा अवस्थित जे आर एफ मनी ट्रान्स्फरद्वारा नेपालमा हस्तान्तरण गरेको छ । दुवै मिर्गौला फेल भएका हाल भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहेका सापकोटाको आर्थिक अवस्था कमजोर भएकोले उनका धर्मपत्नी अन्जु सापकोटाले सहयोगको लागि अनुरोध गरेकोले सो अनुसार समाजको पहलमा सहयोग अभियानमा जुटेको हो ।

समाजमा आवद्ध तथा अन्य दाजु भाई दिदी-बहिनी मिली स-साना सहयोगबाट आर्थिक संकलन गरी ने रु. २८ हज़ार ८सय १३ आर्थिक सहयोग संकलन गर्न सफल भएको जापानको अध्यक्ष जीवन गुरुंगको कथन छ । अध्यक्ष गुरुंगले 'सहयोगी मनहरुलाई हृदयदेखि नै देखि धन्यबाद दिदै विरामीको शिघ्र्  स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

सापकोटाको घरमा बाबा, श्रीमती १ छोरा १ छोरी छन भने केहि दिन अगाडी आमाको निधन भएकोले पिडा माथि पिडामा थपिएको हुदा यसै नाजुक अवस्थालाई मध्यनजर राख्दै समाजले सापकोटाको सहयोगको लागि केही भए पनि राहत मिलोस भनि सहयोग अभियान चलाएको हो। 'पन्चासे समाज जापान' सामाजिक कार्यमा पनि सक्रिय हुदै अहिले लोकप्रिय संचारकर्मी रबि लामिछानेको नेतृत्वमा कालिकोट स्थित रास्कोट सामुदायिक अस्पतालको निर्माणको लागि पनि जापानबाट आर्थिक संकलन गरिरहेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.