
फ्रेव्रुवरी ११ , सोमवार ।
टोकियो , जापान ।
हिजो आइतवार बसेको वृहत युवा भेलाले टोकियो युथ क्लब गठन गरेको छ । टोकियो प्रिफेक्चरमा बस्ने युवालाई संगठित गर्ने उद्देश्यले यो क्लब गठन गरिएको संस्थाको भनाइ छ ।
पछिल्लो ३ वर्ष यता जापानमा नेपालीको जनसंख्या ह्वात्तै बढेकोले नेपाली युवाहरुमा हरेक गतिबिधिमा जागरुक , सङयमित तथा अनुशासितमा रही खेलकुद क्षेत्रमा पनि अग्रसर हुने क्लबको दावी छ ।

हिजो गठित क्लबले निकट भविस्यमै भावी योजनाका खाका कोर्ने योजना रहेको बताउदै लोगो तथा क्लबको टिशर्ट हरु तयार भइसकेको छ । नेपालबाट अझै १५० थान टिसर्ट तुरुन्तै भित्रीन लागेको जानकारी क्लबका उपाध्यक्ष सुजन पोख्रेलले एभरेष्ट फुजीन्युज डट कमलाई बताए । टोकियो स्थित शिन ओकुबोको एक नेपाली रेस्टुरेन्टमा जम्मा भइ गठन भएको यस क्लबका सल्ल्हाकारमा जापानको टोकियोमा करिव २२ वर्षदेखी बस्दै आउनु भएका सफल व्यवसायी शालिकराम भण्डारी र युवा व्यवसायी महेन्द्र अधिकारीलाई चयन गरेको छ । संरक्षकमा रोनिश जंग बल्नेत ( ठुलो काजी) रहेका छन ।

सल्लाहाकार :सालिक राम भण्डारी
महेन्द्र कुमार अधिकारी
संरक्षक:-रोनिस जंड० बल्नेत(ठुलो काजी)
अध्यक्ष:-सन्जय मान सिंड० बस्नेत
बरिष्ठ ऊपाध्यक्ष:-सुजन पोखरेल(कोईला)
ऊपाध्यक्ष:-सुरज न्यौपाने
महासचिब:-अनिल कुमार किसान
सचिब:- अस्बिन रेग्मी
कोषाध्यक्ष:-कृष्ण शर्मा(समिर काले )
सहकोषाध्यक्ष:-आशिष तामाड०
प्रवक्ता :- ऊत्तम खनाल
सदस्यहरु:-राजकुमार धुरर्पत क्षेत्री, मिलन कुबर, सुमन चालिसे,सुमन गौतम,मेलन तामाड०,बिनोद बडाल ,राजु भट्टराई ,केशब क्षेत्री ,निरजन घिमिरे ,बिमल घिमिरे ,बिशाल खत्री ,चन्द शर्मा ,दिपक गिरी ,बिज्ञान पौडेल ,यामु न्यौपाने ,लक्ष्मण तिवारी ,शक्ति क्षेत्री ,जिबन घिमिरे ,जिबन ढकाल ,कमल पाण्डे ,सन्तोष न्युरे, क्रमश...