शुक्रवार, माघ २५, २०७५
मोरङ मिक्लाजोङका मञ्जुल बराइली ‘मितेरी’ (३८) जापानको कुमामोतोको चट्टानमा बुद्ध मूर्ति कुँदिरहेका छन्। मोरङको मिक्लुक खोला किनार बस्तीका अरू साथीहरु समूहमा खेलिरहेका हुन्थे। तर बालक मञ्जुल बराइलीको ध्याउन्न भने अर्कै हुन्थ्यो। उनी छिनु चलाउँदै ढुंगालाई कुनै आकार दिइरहेका हुन्थे।